वीरगन्ज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १, उदयपुरमा ३, खोटाङमा १, झापामा ४८, ताप्लेजुङमा ५, धनकुटामा २, पाँचथरमा १, मोरङमा ६७, संखुवासभामा २, सुनसरीमा ६६, धनुषामा ७, पर्सामा २, बारामा ४, महोत्तरीमा ५, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा ३, सिरहामा ८, काठमाडौँमा ३२८, काभ्रेमा १०, चितवनमा २२, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ५, भक्तपुरमा २५, मकवानपुरमा ६, रसुवामा ४, ललितपुरमा ५१ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै सिन्धुलीमा २, कास्कीमा ६७, गोरखामा ८, तनहुँमा ८, नवलपरासीपूर्वमा १, लमजुङमा १९, बागलुङमा ११, स्याङ्जामा ४, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ६, गुल्मीमा १३, दाङमा २६, नवलपरासीमा ९, पाल्पामा २५, प्यूठानमा ९, बर्दियामा १०, बाँकेमा २५, रुपन्देहीमा ५६, डोल्पामा १, सल्यानमा १, सुर्खेतमा ३, अछाममा ४८, कञ्चनपुरमा १९, कैलालीमा ९४, डडेल्धुरामा ८, डोटीमा ७, बझाङमा १४ र बैतडीमा १८ जना कोरोना संक्रमित थपिएका छन्।