संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा नेपाल सरकारले सर्वेक्षण गरेको विभागले जनाएको छ ।सर्वेक्षणमा तथ्याङ्क संकलनको लागि नेपालभर ५१२ क्लष्टर (गणना क्षेत्र) हरूमध्ये शहरी क्षेत्रबाट २९० क्लष्टर र ग्रामीण क्षेत्रबाट २२२ क्लष्टर तथ्यांकीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २५ वटा परिवारहरू छानिएको विभागले जनाएको छ ।
यसरी छानिएका जम्मा १२,८०० परिवारहरूबाट पारिवारिक विवरण संकलन गरिएको जनाइएको छ । साथै प्रत्येक परिवारमा भएका १५-४९ वर्ष उमेर समूहका महिला, १५-४९ वर्ष उमेर समूहका पुरुष, ५-१७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाहरूको विवरण संकलन गर्नुका साथै बाल पोषणको स्थिति अवगत गर्नका लागि तौल तथा उचाई पनि मापन गरिएको विभागले जनाएको छ ।प्रतिवेदनमा राष्ट्रियस्तर, सातै प्रदेशका शहरी क्षेत्र तथा ग्रामीण क्षेत्र लगायत काठमाडौं उपत्यका शहरी क्षेत्रको खण्डिकृत तथ्याङ्क समावेश गरिएको विभागले जनाएको छ।
यस्तो छ बहुसूचक सर्वेक्षण २०७५/०७६