पर्सा । राजन कुमार बानिया । पर्साको पहिलो कोरोना अस्पताल को शिलान्यास कार्यक्रम आज छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वा मा समपन भएको छ।
प्रमुख अतिथि रहनु भएका पर्सा क्षेत्र नं ४ का सांसद लक्ष्मण लाल कर्ण ले एक कार्यक्रम का बिच बिधवत रुपमा पुजापाठ गरि भिस्वा मा कोरोना अस्पताल को शिलान्यास गर्नु भएको छ।पर्सा जिल्ला को पहिलो कोरोना अस्पताल निर्माण हुन लागेको ७८ लाख को लागतमा निर्माण हुन लागेको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले जनाए का छन।
यो क्षेत्रमा कोरोना अस्पताल स्थापना भएपछी क्षेत्रका जनता हरु लाई सहयोग पुगने बताए ।शिलान्यास भएको को कोरोना अस्पताल भवन निर्माण असाढ मसान्त भित्र समपन हुने गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ले जनाएका छन।
छिपहरमाई गाउँपालिका ले आयोजना गरेको शिलान्यास कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन का प्रतिनिधी समसुल मियाँ , जसपा का केन्द्रीय सदस्य रामचन्द्र पंडित, जसपा का नेता रामबाबु चौरसिया,,वार्डअधयक्ष मौजिलाल साह,रामबालक राउत गदी, बिनोद साह कानु, राजबली प्रसाद यादव,,चुनमुन सिंह,, लगायत स्थानिय महिला पुरुष हरु को सहभागित रहेको थियो ।