वीरगन्ज । वीरगन्जमा कन्टेक्ट ट्रेसिन्को काम रोकिए सङै कोरोना संक्रमितको संख्या घट्दै छ। कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका ४ कि ७१ बर्षिय महिलाकाे आज बिहान पौने सात बजे बीरगन्ज स्थित नेशनल मेडिकल कलेजको आईसोलेशन बाबा होटेलमा मृत्यु भएको हो ।
उनलाइ दमको समस्या भएपछि मंसिर १६ गते वयोधा हस्पिटल लगिएकोमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बाबा होटलको आइसोलेशनमा लगिएको र आज मृत्यु भएको प्रहरीले जनाएको छ।