वीरगंज । वैज्ञानिकहरूले कोरोनाभाइरसको सबैभन्दा शक्तिशाली औषधि पत्ता लगाएको बताएका छन् । जुन औषधीको प्रयोगले संक्रमण केवल २४ घण्टामा समाप्त हुने उनिहरूको दावी रहेको छ।कोरोना महामारीको अन्त्य गर्न खोप बनाउनुका साथै विश्वभरिका वैज्ञानिकहरूले अन्य विकल्पहरूमा पनि अनुसन्धान गरिरहेका छन्। यस क्रममा, वैज्ञानिकहरूको टोलीले एक औषधि फेला पारेकाे भन्ने दावी गरेका छन। जसले २४ घण्टामा नै कोरोना संक्रमण समाप्त गर्दछ।
वैज्ञानिकहरूले दावी गरे अनुसार यो औषधिमा पूर्ण रूपमा कोरोना उन्मूलन गर्न सक्षम रहने छ। उनीहरूका अनुसार यस औषधिको प्रयोगले कोरोना बिरामीहरूमा संक्रमणको रोकथाम मात्र रोक्न सक्दैन तर भविष्यमा गम्भीर रोगहरूबाट पनि बचाँँउन सक्ने क्षमता रहेको दावी छ।
रिपोर्टका अनुसार, यो औषधि -“MK-4482 / EIDD-2801”, [Molnupiravir] को नामले पनि चिनिन्छ। यस औषधिको खोजीसँग सम्बन्धित अध्ययन रिपोर्टहरू नेचुर माइक्रोबायोलजी जर्नलमा देखा पर्येेेको छ ।
मिडिया रिपोर्टका अनुसार प्रारम्भिक अनुसन्धानले उक्त औषधी इन्फ्लूएन्जा जस्तो घातक फ्लू निर्मूल गर्न प्रभावकारी भएको पाइएको छ। जुन कोविड -१९ को संक्रमणबाट बचाउँन अनुसन्धान गरिएको थियो। यस समयमा वैज्ञानिकहरूले पहिलो पटक केही जनावरहरूलाई कोरोनाले संक्रमित गरिसकेका थिए। र त्यसको लगत्तै जनावरहरूले नाकबाट भाइरस निकाल्न थालेपछि तिनीहरूलाई तुरुन्तै औषधी मोल्नापिभिर दिइयो।
संक्रमित जनावरहरूलाई स्वस्थ जनावरहरूसँगै पिंजरामा राखिएको थियो औषधी मोल्नोपायरवीर दिएपछि संक्रमण फैलिएको छ या छैन हेर्न उक्त अध्ययनका सह-लेखक जोसेफ वोल्फेले बताए, अनुसन्धानको क्रममा पत्ता लाग्यो। यो संक्रमण संक्रमित जनावरहरूबाट स्वस्थ जनावरहरूमा फैलिएको छैन। तिनीहरू भन्छन यदि यो औषधी संक्रमित बिरामीहरूमा प्रयोग गरियो भने रोगीको शरीरबाट मात्र २४ घण्टामा संक्रमण हट्ने उनिहरूले बताएका छन् ।
अमर उजालाबाट