• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जापानको त्यो आक्रमण, जसले अमेरिकालाई दोस्रो विश्वयुद्धमा होमिन बाध्य बनायो !

  • वीरगंज संजाल
  • २२ मंसिर २०७७, सोमबार ०८:३०
  • ४४४५

    दोस्रो विश्वयुद्ध चलिरहेको थियो । अमेरिका युद्धमा सहभागी थिएन । तर त्यसस्थितिबीच आजैको दिन अर्थात् ७ डिसेम्बर १९४१ मा अमेरिकाले  सपनामा पनि नचिताएको बर्बादीको त्रासद घटना व्यहोर्नु पर्यो । उक्त दिन जापानीहरुले अमेरिकाको हवाई राज्यको पर्ल हार्बरमा रहेको प्यासिफिक जहाजी बेडा (प्यासिफिक फ्लिट) माथि आक्रमण गरेर विध्वंशको ताण्डव मच्चाएको थियो ।

    उक्त दिनस्थानीय समयअनुसार आइतबार बिहान ७ बजेर ५५ मिनेट बजेको थियो । अचानक बिहानीको मौनतालाई चिर्दै स्थानीय आकाश वायुयानको कर्कश आवाजले गुञ्जायमान भयो । केहीबेरमा नै पर्ल हार्बर क्षेत्र जापानी बमबर्षक वायु यानहरुले भरिए । पखेटामा उदाउँदो सूूर्यको प्रतिक चिन्ह कोरिएको एक जापानी बमवर्षक विमानलाई पछ्याउँदै आएका जापानी युद्ध विमानहरुले विनाशको ताण्डव शुरु गरे । हज्जारौं किलोमिटर टाढाबाट आएर अमेरिकी आकाश कब्जा गरेका जापानी वमवर्षक विमानहरुले झन्डै दुुई घण्टासम्म पर्ल हार्बरमा लगातार बमबारी गरिरहे । उक्त आक्रमणमा जापानले ६५ वटा जहाजहरु परिचालन गरेका थिए, जसमा ४ वटा हवाइजहाज बोक्न सक्ने हेभी एयरक्राफ्ट क्यारियर, २ वटा हेभी क्रुजर, ३५ वटा पनडुब्बी, २ वटा हल्का क्रुजर, ९ वटा इन्धनवाहक, २ वटा युद्धपोत र ११ वटा विध्वंशक जहाज थिए । त्यसैगरी ३३५ वटा हवाइजहाजहरु पनि युद्धमा सामेल थिए, जसमा ४० वटा टोरपिडो प्लेन, १०३ वटा लेभल बम्बर, १३१ वटा डाइभर बम्बर र ७९ वटा फाइटर प्लेन थिए ।

    पखेटामा उदाउँदो सूूर्यको प्रतिक चिन्ह कोरिएको एक जापानी बमवर्षक विमानलाई पछ्याउँदै आएका जापानी युद्ध विमानहरुले विनाशको ताण्डव शुरु गरे । हज्जारौं किलोमिटर टाढाबाट आएर अमेरिकी आकाश कब्जा गरेका जापानी वमवर्षक विमानहरुले झन्डै दुुई घण्टासम्म पर्ल हार्बरमा लगातार बमबारी गरिरहे ।

    चारैतिरबाट बम खसेकाले र आक्रमण भइरहेकाले अमेरिकी सुरक्षाकर्मीहरुले आफ्नो सुरक्षाका लागि कता गोली चलाउने भनेर सोच्न पनि भ्याएनन् । उनीहरुले हेर्दाहेर्दै एकपछि अर्को गर्दै जापानीहरुले पर्ल हार्बरको हवाई मार्ग, भवन, भण्डारण कक्ष र त्यहाँ राखिएका युद्धक विमानहरुलाई ध्वस्त बनाए । अप्रत्याशित रुपमा गरिएको सो हमलामा २४ सय ३ जना अमेरिकी जवान मारिए, ११ सय ७८ भन्दा बढी घाइते बने । सो घटनामा आठवटा युद्धपोत जहाज डुबे,  १६९ वटा विमान नष्ट भए,  १ सय ५९ वटा विमान क्षतिग्रस्त बने । अलिकति होस सम्हालेपछि अमेरिकाले पनि बचेखुचेका युद्धविमान तथा गोलीगठ्ठाले प्रत्याक्रमण गरे । भनिन्छ, अमेरिकी सेनाका जवानहरुले विमानभेदी बन्दूकहरुको मद्दतले जापानी हमलावरहरुका विरुद्धछ २ लाख ८४ हजार राउण्ड गोली प्रहार गरेका थिए ।  सोही हमलाका क्रममा झन्डै एक सय जापानी सैनिक पनि मारिए । जापानका २९ विमान ध्वस्त भए, पाँच वटा पनडुब्बी नष्ट भए । सो हमलामा १२९ जना जापानीहरु मारिए भने एक जनालाई जिउँदै बन्दी बनाउने सफलता अमेरिकाले पाएको थियो ।

    https://i.dailymail.co.uk

    उक्त हमलामा अमेरिकाले ठूलो क्षति व्यहोर्नु परेको थियो । जापानीहरुको लक्ष्य अमेरिकाको जलसेनाको मेरुदण्डको रुपमा रहेको प्यासेफिक फ्लिटलाई पूर्णत ध्वस्त गर्ने थियो तर तर जापानीहरुले सोचे जस्तो लक्ष्य भने पूरा भएन ।

    उक्त हमलामा अमेरिकाले ठूलो क्षति व्यहोर्नु परेको थियो । जापानीहरुको लक्ष्य अमेरिकाको जलसेनाको मेरुदण्डको रुपमा रहेको प्यासेफिक फ्लिटलाई पूर्णत ध्वस्त गर्ने थियो तर तर जापानीहरुले सोचे जस्तो लक्ष्य भने पूरा भएन । जापानी बम्बरहरुले हमला गरिरहेका बेला कुनै पनि अमेरिकी एयरक्राफ्ट क्यारियर त्यहाँ थिएनन्  । तेलका ट्यांक, गोली राखिएका जहाजहरु पनि ध्वस्त हुनबाट बचें । जापानीहरुले तयारी गरे तथा योना बनाएअनुसार त्यस हमलामा अमेरिकाको अखडा पूूर्ण रुपमा ध्वस्त भएको भए उसको नौसेना क्षमताको हिसाबले ढाडको हड्डी भाँच्चिने थियो । त्यसो भएको खण्डमा प्रशान्त महासागरमा जापानको आधिपत्य हुने थियो । लक्ष्य पूरा गर्न नसक्दाको मुुल्य जापानले ६ महिनापछि चुकाउनुपर्‍यो, जतिबेला प्रशान्त महासागर क्षेत्रको ‘ब्याटल अफ मिड वे’ मा उसलाई अमेरिकाले हरायो ।

    दोस्रो विश्वयुद्धमा अमेरिकाको प्रवेश

    पर्ल हार्बर, दोस्रो विश्वयुद्धका दौरान अमेरिकी भूमिमा भएको पहिलो आक्रमण थियो । त्यसअघि दोस्रो विश्वयुद्धमा आफू सामेल नहुने, प्रत्यक्ष सैन्य मुठभेडबाट आफूलाई अलगथलग राखेर आफ्नो सैन्य क्षमता तथा अर्थतन्त्रलाई बचाएर राख्ने अमेरिकी रणनीति थियो । तर पर्ल हार्बरमा भएको अप्रत्यासित हमलापछि अमेरिका विश्वयुद्धबाट अलगथलग बस्न सक्ने अवस्था रहेन । अब ऊ पनि आक्रमणमा सक्रिय रुपमा उत्रिनैपर्ने बाध्यता आइलाग्यो ।

    पर्ल हार्बर, दोस्रो विश्वयुद्धका दौरान अमेरिकी भूमिमा भएको पहिलो आक्रमण थियो । त्यसअघि दोस्रो विश्वयुद्धमा आफू सामेल नहुने, प्रत्यक्ष सैन्य मुठभेडबाट आफूलाई अलगथलग राखेर आफ्नो सैन्य क्षमता तथा अर्थतन्त्रलाई बचाएर राख्ने अमेरिकी रणनीति थियो । तर पर्ल हार्बरमा भएको अप्रत्यासित हमलापछि अमेरिका विश्वयुद्धबाट अलगथलग बस्न सक्ने अवस्था रहेन । अब ऊ पनि आक्रमणमा सक्रिय रुपमा उत्रिनैपर्ने बाध्यता आइलाग्यो ।

    फलतः आक्रमणलगत्तैै अमेरिकी राष्ट्रपति फ्रयाङलिन डि रुजभेल्टले जापानविरुद्ध युद्ध घोषणा गरे । उनको त्यो युद्धको घोषणालाई ८ डिसेम्बरमा (आक्रमणको भोलिपल्ट) संसद्ले पारित गर्‍यो । एकातिर जर्मन, जापान, इटाली जस्ता भरभराउँदा युद्धोन्मादले जम्जमाएका राष्ट्रहरु र तिनका गठबन्धन, अर्कोतिर  बेलायत, रुस र फ्रान्सको मोर्चा (मित्र राष्ट्र) युद्धमा संलग्न थिए । अब अमेरिका पनि मित्र राष्ट्रहरुको मोर्चामा संलग्न भएर प्रत्यक्ष रुपमा विश्वयुद्धमा जोडियो । अमेरिका जोडिएपछि मित्र राष्ट्रहरुको मोर्चा झनै शक्तिशाली बन्यो । त्यसको तीन दिनपछि जापानका सहयोगी जर्मनी र इटालीले पनि अमेरिकाविरुद्ध युद्ध घोषणा गरे । यसरी युद्ध सुरु भएको दुुई वषपछि पर्ल हार्बर काण्डकै कारण अमेरिका पनि प्रत्यक्ष रुपमा युद्धमा उत्रिनु बाध्य भयो ।

    वार्ता चलिरहेकै थियो

    पर्ल हार्बरमाथिको आक्रमण स्तब्धकारी र आश्चर्यजनक थियो । यो हमला अमेरिकाले सपनामा पनि नसाचेको घटना थियो । यो घटना त्यो बेला भएको थियो जुनबेलामा अमेरिकाको राजधानी वासिङटनमा जापानी प्रतिनिधिहरुले अमेरिकी विदेशमन्त्री कार्डेल हुललाई भेटेर जापानमाथि लागेको आर्थिक प्रतिबन्ध समाप्त गर्नुुपर्ने विषयमा छलफल गरेका थिए ।

    अर्को कुरा, जापानबाट अमेरिकाको पर्ल हार्बर निकै टाढा थियो । तत्कालीन परिस्थितिमा अमेरिकाको सोचाइ र बुझाइअनुसार त्यति लामो दूरी पार गरेर जापानले अमेरिकामाथि हमला गर्न सक्ला वा उनीहरुको हवाइ जहाजको इन्धन क्षमताले त्यति लामो यात्रा गर्न धान्ला भन्ने कुरा उनीहरुले कल्पना नै गरेका थिएनन् । त्यसैले यस्तो आक्रमण हुन सक्ने विश्वास अमेरिकी अधिकारीहरुलाई लागेको थिएन ।

    उता चीनमा जापानको बढ्दो हस्तक्षेपलाई देखाएर अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध र चीनलाई मित्र सेनाले गरिरहेको सहयोगबाट जापान भने भित्राभित्रै आक्रोशित थियो । त्यसैले उसले आफ्ना सैन्य अफिसर यामामोटो इसोरोकूको नेतृत्वमा भित्रभित्रै अमेरिकामाथि नै छापामार आक्रमण गर्ने र अमेरिकाको सैन्य शक्ति, विशेषतः जलसेनाको क्षमतालाई उठ्नै नसक्ने गरी ध्वस्त पारिदिने योजना बनाइरहेको थियो । त्यसैको प्रतिफल पर्ल हार्बरमाथिको हमला थियो । त्यसका लागि जापानले भित्रभित्रै एक वर्षदेखि तयारी पनि गरिरहेको थियो । त्यसो त जापानका विदेश मन्त्रीले अमेरिकाका विरुद्ध औपचारिक युद्धको घोषणा गरेरै जानुपर्ने अडान लिएका थिए पनि भनिन्छ, ताकि अन्तर्राष्ट्रिय कानूनको उल्लंघन नहोस् । तर अमेरिकासँग आमनेसामने युद्धमा टिक्न नसकिने र छापामार युद्धबाट मात्रै उसलाई कमजोर तुल्याउन सकिने जापानी सेनाको अध्ययनअनुसार उनलार्य त्यसो गर्न रोकियो । जापानको दुर्भाग्य नै भन्नुपर्छ, उसले आक्रमणको त्यो योजनालाई क्रियान्वितत गर्यो तर त्यो मूलतः केवल युद्ध जहाजहरुमा मात्रै आक्रमण गर्नेमा सफलता हासिल गर्न सक्यो । त्यसबेला जापानले युद्धजहाजमा मात्रै केन्द्रीत नभएर सो क्षेत्र वरपर पनि हमला गर्न सकेको भए तेलको ट्यांक र गोली–बारुद भण्डारण गरिएका क्षेत्र पनि ध्वस्त हुने थिए ।

    चीनमा जापानको बढ्दो हस्तक्षेपलाई देखाएर अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध र चीनलाई मित्र सेनाले गरिरहेको सहयोगबाट जापान भने भित्राभित्रै आक्रोशित थियो । त्यसैले उसले आफ्ना सैन्य अफिसर यामामोटो इसोरोकूको नेतृत्वमा भित्रभित्रै अमेरिकामाथि नै छापामार आक्रमण गर्ने र अमेरिकाको सैन्य शक्ति, विशेषतः जलसेनाको क्षमतालाई उठ्नै नसक्ने गरी ध्वस्त पारिदिने योजना बनाइरहेको थियो । त्यसैको प्रतिफल पर्ल हार्बरमाथिको हमला थियो । त्यसका लागि जापानले भित्रभित्रै एक वर्षदेखि तयारी पनि गरिरहेको थियो ।

    उक्त घटनाले तत्कालीन अमेरिकी सरकारले मुलुकभित्र व्यापक आलोचना खेप्नु पर्यो । कुटनीतिक सम्बन्ध बिग्रिएको अवस्थामा तथा युद्धमा सक्रिय रुपमा उत्रिइसकेको जापानले कुनै पनि समय आक्रमण गर्नसक्छ भन्ने विषयलाई गम्भीरतापूर्वक लिन नसकेको तथा तत्कालीन अवस्थामा अमेरिकाको सुदृद्द हवाइ तथा नौसैनिक अखडा पर्ल हार्बरमा सुरक्षाका उचित व्यवस्था गर्नेतर्फ असफल भएको  भन्दै राष्ट्रपति फ्रयाङलिन डि रोसभेल्टको आलोचना भयो ।

    जापानको चलाखी, हमलाको लागि आइतबार रोज्नुको कारण यस्तो थियो !

    आइतबार, अमेरिकीहरुले छुुट्टी मनाउने तथा आराम र मोजमस्ती गर्ने दिन हो  भन्ने जापानलाई राम्ररी थाहा थियो । कति मानिसहरु त यस दिन ढिला उठ्छन् । त्यसैले जापानी सेनाले आइतबारको दिन बिहान आक्रमण गर्न निर्देशन दिएको थियो । जापानले सुरुमा सबेरै हमला गर्ने योजना बनाएको थियो, तर कुुहिरोका कारण ७ बजेर ५५ मिनेट जाँदा मात्रै हमला गर्न सकेको थियो ।

    अमेरिकामा रहेका जापानीहरुको दुर्दशा

    पर्ल हार्बरको घटना जापानको लागि तत्कालीन अवस्थामा आंशिक सैनिक उपलब्धि त रहयो तर त्यसका बदला अमेरिकामा बसोबास गर्ने जापानीहरुले चुकाउनु पर्यो । अमेरिकामा जापानविरोधी भावना तिब्र भएर गयो । अमेरिकामा रहेका एक लाखभन्दा धेरै जापानी मुलका मानिसहरुलाई राष्ट्रपति रुजभेल्टको ठाडो आदेशमा घरबाट निकालेर क्याम्पमा कैद गरियो । ध्यानयोग्य कुरा के छ भने त्यसरी क्याम्पमा कैद गरिएका व्यक्तिमध्ये दुुई तिहाईले त अमेरिकी नागरिकता समेत लिइसकेका थिए । उक्त घटनाबाट अमेरिकीहरु यति आक्रोशित बने कि कतिपयले त साकुरा (चेरी ब्लाँजम)को रुखमा समेत रिस पोखे । जापानमा साकुराको विशेष अर्थ र महत्व छ र त्यसलाई जापानीहरुले विशेष रुचाउने गर्छन् । धेरै अमेरिकीहरुले त साकुराकोे रुख काटेर समेत आफ्नो रिस पोखेका थिए ।

    हिटलरको पतन र अमेरिकाको बदला

    https://www.history.com

    रोमन साम्राज्यपछिको सबैभन्दा बृहद र शक्तिशाली साम्राज्य खडा गर्ने हिटलरको थर्ड राइखको सपनालाई खरानी बनाउँदै सोभियत लालसेनाले बर्लिनमा कब्जा जमाएपछि हिटलरले आफू लुकेको बंकरभित्रै कञ्चटमा गोली हानी प्रेमिकासँगै आत्महत्या गरे ।

    दोस्रो विश्वयुद्ध जापान, जर्मन र इटालीले सोचेको र चाहेको दिशामा अघि बढ्न सकेन । विशेषतः उक्त मोर्चाका सबैभन्दा शक्तिशाली राष्ट्र जर्मनको तुफानी सैन्य वेगलाई तत्कालीन समाजवादी मुलुक सोभियत संघले रोकिदिएर धुलोपीठो पारिदियो । सोभियतसंघलाई धूलोपीठो पार्न करोडौंको नरसंहार गर्दै रुसको राजधानी मस्को नजिकको शहर लेनिनग्रादसम्म पुगेको जर्मनी सेनालाई रुसका लालसेनाले पराजित मात्रै गरेन, तिनलाई धूलोपीठो पार्दै बाटोमा पर्ने मुलुकहरुलाई नाजी कब्जामा मुक्त गर्दै सोभियत लालसेना हिटलरको अखडा बर्लिनसम्मै आइपुग्यो । रोमन साम्राज्यपछिको सबैभन्दा बृहद र शक्तिशाली साम्राज्य खडा गर्ने हिटलरको थर्ड राइखको सपनालाई खरानी बनाउँदै सोभियत लालसेनाले बर्लिनमा कब्जा जमाएपछि हिटलरले आफू लुकेको बंकरभित्रै कञ्चटमा गोली हानी प्रेमिकासँगै आत्महत्या गरे ।

    By George R. Caron – Nagasakibomb.jpgAtomic_cloud_over_Hiroshima.jpg, Public Domain, https://commons.wikimedia.org/w/index.php?curid=12204929

    अमेरिकाले पर्ल हार्बर आक्रमणको बदला लिनेगरी हिरोशिमा र नागासाकीमा अगस्ट महिनामा परमाणु बम खसाल्यो । सो आक्रमणमा लाखौं मानिसहरु एकै चिहान बने । सो घटनाले मानवीयताको इतिहासमा अमेरिकाको अनुहारमा कहिल्यै नमेटिने गरी कालो पनि पोतिदियो ।  सो भयानक नरसंहारपछि जापानको सैन्य उन्मादमा बरफ पानी त खनियो नै, अमेरिकाको जापानसँग बदला लिने चाहनाको पनि तृष्टीकरण भयो ।  त्यसपछि जापानले आत्मसमर्पण गर्‍यो र दोस्रो विश्वयुद्ध समाप्त भयो ।

    हिटलरको आत्महत्यापछि जर्मनीले मित्र राष्ट्रका सेनासमक्ष आत्मसमर्पण गर्यो । हिटलरको पतनपछि १९४५ सम्म आइपुुग्दा धुरीराष्ट्रको रुपमा चिनिने जर्मन–जापान र इटालीको गठबन्धन पनि ध्वस्त भयो । त्यतिबेलासम्म त्यसका सदस्य जापान एक्लो र कमजोर भइसकेको थियो, तर उसले आत्मसमर्पण गरिसकेको थिएन । यही परिस्थितिबीच अमेरिकाले पर्ल हार्बर आक्रमणको बदला लिनेगरी हिरोशिमा र नागासाकीमा अगस्ट महिनामा परमाणु बम खसाल्यो । सो आक्रमणमा लाखौं मानिसहरु एकै चिहान बने । सो घटनाले मानवीयताको इतिहासमा अमेरिकाको अनुहारमा कहिल्यै नमेटिने गरी कालो पनि पोतिदियो ।  सो भयानक नरसंहारपछि जापानको सैन्य उन्मादमा बरफ पानी त खनियो नै, अमेरिकाको जापानसँग बदला लिने चाहनाको पनि तृष्टीकरण भयो ।  त्यसपछि जापानले आत्मसमर्पण गर्‍यो र दोस्रो विश्वयुद्ध समाप्त भयो ।

    जापान–अमेरिका सम्बन्ध

    विश्वयुद्धका दुुई शत्रुबीचको सम्बन्धले युद्धपछि अर्कै मोेड लियो । जापानमाथि अमेरिकाले आधिपत्य कायम गर्यो । अब जापानको विदेशनीति र सैन्य नीति अमेरिकाको निर्देशनअनुसार चल्नुपर्ने भयो ।

    अहिले अमेरिका–जापान सम्बन्ध निकै सुुदृढ छ । उनीहरु एकअर्काका रणनीतिक साझेदार तथा निकट मित्र हुन् ।  घटनाको ७५ वर्षपछि तत्कालीन जापानी प्रधानमन्त्री सिन्जो अबे २०१६ डिसेम्बरमा पर्ल हार्बर पुुगेका थिए, त्यही वर्ष मेमा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि हिरोशिमा भ्रमण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ
  • लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ
  • आज सोमबारको राशिफल
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    आज सोमबारको राशिफल

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    News

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑