वीरगन्ज । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ। गत २४ घण्टामा १ हजार ९६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा ११, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ३८, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ५६, सुनसरीमा २० र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा ७, पर्सामा २, बारामा २, महोत्तरीमा ३, रौतहटमा २, सप्तरीमा ५, सर्लाहीमा ३ र सिरहामा ५ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १४, चितवनमा २३, धादिङमा ६, नुवाकोटमा २, भक्तपुरमा ५९, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा ३, ललितपुरमा ७४, सिन्धुलीमा १९ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८७, गोरखामा १२, तनहुँमा १३, नवलपरासी पूर्वमा १९, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा ५, लमजुङमा १०, बागलुङमा १० र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा ४, दाङमा २५, नलवपरासीमा २, पाल्पामा १३, बर्दियामा २१, बाँकेमा २९, रुकुम पूर्वमा २, रोल्पामा ३ र रुपन्देहीमा ३५ जनामा कोरोना पाइएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिममा १ र सल्यानमा १ जनामा कोरोना भेटिएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३४, कञ्चनपुरमा १, कैलालीमा ५, डडेल्धुरामा १, डोटीमा ३, दार्चुलामा १, बझाङमा ११ र बैतडीमा ६ कोरोना भेटिएको छ।