वीरगंज | ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एजजनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका २१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्रीबहादुर धिताल रहेका छन् ।
ती बालिकालाई बलात्कार गरेको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको हो । अहिले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।