• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    काठमाडौं । राजावादीहरुको देशव्यापी प्रदर्शनले वर्तमान व्यवस्था, नेतृत्व र वैकल्पिक राजनीतिमाथिको बहसलाई निम्तो दिएको छ । साथै प्रदर्शनमा देखिएको उल्लेख्य युवा सहभागिता पनि सोचनीय पक्ष बनेको छ, जसले दुईवटा प्रश्न जन्माएको छ । राजनीतिक नेतृत्वसँग रुष्ट युवाहरुले विकल्पका रुपमा ‘वैकल्पिक शक्ति’ को साटो किन राजतन्त्र रोजे ? के यो वैकल्पिक शक्तिको असफलता हो ? वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्ने विवेकशील नेपाली दलका महासचिव निर्देश सिलवालले वैकल्पिक राजनीति रक्षात्मक अवस्थामा रहेको स्वीकारे । उनले भने, ‘वैकल्पिक राजनीतिक दलले आफूलाई बलियो गरि स्थापित गर्न नसकेकै कुरा सत्य हो । अहिले वैकल्पिक राजनीतिक दल आफ्नो आन्तरिक कुराले गर्दा रक्षात्मक अवस्थामा छन् । वैकल्पिक राजनीतिक दल भनिरहेकाहरुले आफ्नो प्रस्ट एजेण्डा ल्याउन सकिरहेका छैनन् । अझै पनि धेरै वैकल्पिक राजनीतिक दलले आफ्नो एजेण्डा वा सिद्धान्त स्पष्टता ल्याउन नसक्दा समस्या आएको छ ।’ नेकपा, नेपाली काँग्रेस र सरकारबाट डेलिभरी गर्न नसक्दा असन्तुष्ट जमात राजावादी आन्दोलनमा सामेल हुनुमा उनले आफूहरुको पनि कमजोरी भएको सुनाए । ‘अबको केही समयमा वैकल्पिक राजनीतिक शक्ति सफल भए भने यो आन्दोलन निस्तेज भएर जान्छ । यदि वैकल्पिक राजनीतिक दलहरुले दिशा लिन सकेनन् भने यो आन्दोलन झन् झन् बढ्दै जान्छ । वैकल्पिक पार्टीहरुले सांगठनिक रुपमा बलियो भएर वैचारिक स्पष्टताका साथ यो आन्दोलन भड्किन दिनु हुँदैन,’ सिलवालले भने । थप समाचार सरकार र राजावादी आमुन्ने–सामुन्ने : कहिलेसम्म टिक्ला आन्दोलन ? उनका अनुसार राजावादी आन्दोलनमा प्रोग्रेसिभमात्र होइन रिग्रेसिभ मान्छे पनि छन् । ‘रिग्रेसिभ मान्छेहरुको आफ्नो कुरा गुम्दा पहिचानको संकट छ । अहिले उनीहरु हौसिए पनि यतिमै हामी आत्तिनु पर्ने अवस्था छैन । तर यसले गरेको संकेत डरलाग्दो छ,’ उनले कारण देखाउँदै भने, ‘नेकपा विभाजनको डिलमा छ, काँग्रेस सुतेको अवस्था छ ।’ यसमा मूलधारका पार्टीले लिने अडान र वैकल्पिक पार्टीहरुले राख्ने एजेण्डाको स्पष्टताले धेरै कुरा निर्धारण गर्ने बताए । साथै उनले आगामी दिनमा यो आन्दोलनलाई कस्तो खालको शक्तिले लिड गर्छ भन्ने कुरा पनि मुख्य भएको बताए । ‘पश्चगामीभन्दा अग्रगामी शक्तिले आशाको दियो जगाउन सक्यो भने राम्रो हुन्छ । त्यसका लागि वैकल्पिक शक्ति आउन सक्छन् । त्यो सम्भावना म देख्छु । नत्र यो आन्दोलन अर्को दिशामा जान सक्छ,’ सिलवालको भनाइ छ । तर राजावादी आन्दोलनले नेपाली समाज काँग्रेस र कम्युनिस्टको विकल्प खोज्दैछ भन्ने प्रस्ट पारेको उनले बताए । फ्रान्सको उदाहरण दिँदै सिलवालले भने, ‘फ्रान्समा पहिलो र दोस्रो ठूलो दल अहिले तेस्रो र चौथो दल भए । त्यहाँको प्रोग्रेसिभ र रिग्रेसिभ पार्टी पहिलो र दोस्रो भए । इम्मानुएल म्याक्रोंको प्रोग्रेसिभ एन मार्चो पार्टी पहिलो भएको थियो । यस्तै कट्टर दक्षिणपन्थी मारिन लपनको नेशनल फ्रन्ट पार्टी दोस्रो भएको थियो ।’ उनका अनुसार नेपालमा एउटा प्रोग्रेसिभ एजेण्डा बोक्ने पार्टी सत्तामुखी र रिग्रेसिभ पार्टी (राजावादी)जस्तो दोस्रो हुन सक्छ भने काँग्रेस र कम्युनिस्ट तेस्रो र चौथो पनि हुन सक्छन् । यद्यपि नेपालको संरचना र वर्तमान राजनीतिक परिस्थिति हेर्दा झ्याप्पै त्यो होला जस्तो भने उनलाई लागेको छैन । वैकल्पिक राजनीतिक शक्तिकै वकालत गर्ने साझा पार्टीकी नेतृ समीक्षा बाँस्कोटाले राजावादी प्रदर्शन भिड हो कि युवा हो भनेर पहिचान गर्नुपर्ने तर्क राखिन् । ‘यस्ता किसिमका भिड ज्ञानेन्द्र शाहका लागिमात्र होइन, ज्ञानेन्द्र शाहीका लागि पनि आउँछन् । अरु कसैले अभियान चलाउँदा पनि भिड जम्मा भइरहेको हुन्छ । तर भिडले नै निर्देशित गर्छ भन्ने हुँदैन,’ उनले भनिन् । क्षणिक रुपमा मान्छेलाई एकीकृत पारेर भिड जम्मा गर्न साझाले उत्ताउलो किसिमको एजेण्डा अगाडि नसार्ने उनको भनाइ छ । साझामा युवा आकर्षण बढेको दाबी गर्दै उनले उदाउँदो वैकल्पिक शक्ति साझा भएको दावी गरिन् । उनले भनिन्, ‘हामीमा युवाहरुको आकर्षण एकदमै बढिरहेको छ । कोभिडका बेला हाम्रो संगठन विस्तार भएको छ । अबको उदाउँदो वैकल्पिक शक्ति साझा नै हो भनेर आइराखेको छ ।’ उनका अनुसार साझाको संगठन विस्तार, युवा आकर्षणमा मान्छेको ध्यान गएको छैन । ‘राजावादी कति संगठित भए, कति नारा जुलुस निकाले र कोभिडको बेलामा पनि भिड प्रदर्शन गरे भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ । वैकल्पिक पार्टी आजको भोलि सल्बलाएर मात्र पुग्दैन । यसका लागि हामी संगठित हुनुपर्छ । विस्तार काम गर्नुपर्छ । हामी काम गर्दैछौँ,’ बाँस्कोटाले भनिन् । थप समाचार व्यवस्थाविरोधी प्रदर्शन : काँग्रेसमा कोही चिन्तित, कोही उत्साहित ! सडकको रिक्ततामा आफ्नो उपस्थिति हुन नसकेको भने उनले स्वीकार गरिन् । ‘कतिपय कुरामा सामाजिक परिवेशले पनि असर गर्छ । समाजमा राजनीतिक दलले विकास गरेका मनोविज्ञान अनुसार संस्था, व्यवस्था परिवर्तनको मुद्दा उठाइदियो भने दह्रो भएर आएको भन्ने लाग्छ । हामी जनतासँग जोडिएका सुक्ष्म मुद्दा उठाउँछौँ । त्यो मुद्दा खासै कसैलाई फरक गर्दैन भनेको जस्तो हुन्छ,’ बाँस्कोटाले भनिन् । राजनीतिक विश्लेषक मुमाराम खनालले भने नेपालमा विकल्पका प्रयासहरूले राजनैतिक वैधता नपाउँदै विघटन भएर विलाएको बताए । ‘रित्तो राजनीतिमा ठडिएको व्यक्तिवादले कहिल्यै पनि राजनीतिक विकल्पको उठान गर्न सक्दैन । त्यसैले नेपालमा विकल्पका प्रयासहरू राजनैतिक वैधता नपाउँदै विघटन भए र बिलाए । तैपनि प्रयासहरू भए र भइरहनेछन्,’ उनले भने । काँग्रेस र कम्युनिस्ट हुँदासम्म राजावादीहरूले नाराबाजी, जुलुस र भाषण गर्ने दुःख गर्न आवश्यक नभएको उनले बताए । ‘जबकि राजा आउने उनीहरूको बेफ्वाँकको दुःखले होइन, नेकपा र काँग्रेसको मुर्खता, भ्रष्टाचार र असफलताले हो । यो भइरहेकै छ, अलिदिन प्रतीक्षा गरे भइहाल्यो,’ खनालले भने । राजनीतिक विश्लेषक विष्णु सापकोटा भने नेपाली समाज विकल्पका लागि तयार नभएको बताउँछन् । ‘भनेजस्तो विकल्प नभएर हो वा समाज तयार नभएर हो, भन्न गाह्रो छ । वैकल्पिक शक्तिका रुपमा आएका मान्छे पनि उनै उनै मान्छे भए । बाबुराम भट्टराई माओवादीको नेता हुँदा वैकल्पिक शक्ति हुनुहुन्थ्यो । नयाँ शक्ति हुँदै जनता समाजादी पार्टीसम्म हुँदा त्यो रहेन,’ उनले भने, ‘रवीन्द्र मिश्रहरुको त्यस्तै हो । बरु विवेकशील अलि वैकल्पिक जस्तो बनेको छ । तर संगठन बन्न सकेन ।’ उनका अनुसार दुई सय ३८ वर्ष लामो राजसंस्थामा अहिलेका पुस्ताका लागि जीवित यथार्थ थियो । पुरातनवादी सोच भएको तप्का पनि ठूलो छ । सापकाटोलाई सडकमा आएका युवा कुनै न कुनै हिसाबले त्यही तप्काका हुन् जस्तो लाग्छ । यस्तै नेकपा र काँग्रेसमा रहेका संघीयता, धर्मनिरपेक्षता लगायतका परिवर्तन मन नपराउनेहरु पनि यो आन्दोलनमा मिसिएको उनको बुझाइ छ । उनले भने, ‘परिवर्तन मन नपराउनेहरु पनि विवेकशील, साझामा जान सक्दैनन् । रवीन्द्र मिश्रहरुले सोझै यो परिवर्तन मान्दैनौँ भनेका छैनन् । त्यसैले परिवर्तन मन नपराउनेहरु जाँदा संख्या ठूलो भयो ।’ थप समाचार पूर्वराजालाई गुमराहमा राखेर के गर्दैछन् ‘राजावादी’ ? राजतन्त्रसँग फाइदा लिएको कुलीन वर्ग नै आन्दोलनको मुख्य तप्का भएको उनको बुझाइ छ । ‘२०४७ पछि लोकतन्त्र आए पनि ०६५ सम्म राजतन्त्र रहुन्जेल त्यसको छहारीबाट फाइदा लिएका कथित कुलीन वर्ग थिए । तिनका छोराबुहारी र नातिनातिनाको परिवारहरुको जमात नै दसौँ हजार छ । अरु केहीलाई परिचालित गर्न सकिहालिन्छ । पञ्चायतको युवा संगठन, किसान संगठनलगातय देशभरी संगठन थियो,’ उनले भने । उनका अनुसार राजतन्त्रको विरासतमा जोडिएकाको एउटा दह्रो जमात छ । त्यो गणतन्त्रको आन्दोलन बढ्दा, लोकतान्त्रिक आन्दोलन, संविधान सभा हुँदा ओझेल रहेर नैतिक रुपमा बोल्न नसक्ने स्थिति थियो । यसमा लोकतन्त्रवादी गणतन्त्रवादी सर्वाङ्ग हुँदा उनीहरुलाई राहत भएको सापकोटाको बुझाइ छ । बढ्दो भ्रष्टाचार र अकर्मण्यताले लोकतन्त्र र गणतन्त्रवादीले वैधता गुमाएपछि राजावादीलाई आत्मबल प्राप्त भएको उनको तर्क छ । सापकोटाका अनुसार गणतन्त्रवादीले जति शासकीय वैधता गुमाए, त्यति नै राजावादीको आत्मबल बढ्ने देखिन्छ । नागरिक अभियन्ता कृष्ण पहाडी युवाहरु विकल्पहीन भएर आफैलाई चिर्थोदै राजावादी प्रदर्शनमा जोडिएको बताउँछन् । ‘शेरबहादुरजी भ्रष्टाचार र अकर्मण्यतामा खड्गप्रसादजीको सहयोगी जस्तो देखिँदा नेकपा र नेपाली काँग्रेसतिर जाने युवाको बाटो रहेन । बाबुरामजीको जसपा पनि अहिले फुट्छ, भरे फुट्छ अवस्थामा छ । सत्तामा जान खुट्टा उचालेर बसेको छ । आफ्नै पार्टी जोगाउन कसरत गर्नुभयो । त्यहाँ पनि एउटा रिक्तता पैदा भयो । अनि मानिस कहाँ जाने ?,’ उनको प्रश्न छ, ‘यता साझा र विवेकशील आफै फुटेपछि जुटेर कहिले आउँछन् भन्नेबारे युवाको ध्यान नै गएन । दरवारियाले पोल्टो थापेका थिए । त्यहाँनिर ठोक्किन पुग्यो ।’ प्रधानमन्त्री केपी ओलीमा राजनीतिक नैतिकता समाप्त हुँदा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध नेकपाको पंक्ति पक्षघात भएको पहाडीको बुझाइ छ । उनले भने, ‘राजनीतिमा नैतिक शक्तिको ठूलो अर्थ हुन्छ । पुष्पकमल दाहालले भ्रष्टाचारीको संरक्षक भनेर प्रधानमन्त्रीविरुद्ध सचिवालयमा प्रस्ताव लगे । प्रस्ताव लगिसकेपछि नेकपाका स्वाभिमानी युवाहरु ठिक हो कि बेठिक हो भनेर जुर्मुराउनु पथ्र्यो ।’ विकृतिबारे स्वतन्त्र नागरिकहरु सडकमा जाँदा प्रधानमन्त्रीले तेजबोध गर्दा राजावादी आन्दोलनमा सहभागिता बढेको उनको बुझाइ छ ।उनले भने, ‘हामीहरुले राज्यसत्ता परिवर्तनको माग गरेका थियौँ र ? विकृतिबारे हामी सडकमा जाँदा खड्गप्रसादजीले हाम्रो तेजबोध गर्नुभयो । गोविन्द केसीलाई छलछाम गर्नुभयो । सत्याग्रहीलाई पनि अपमानित गरियो । त्यसपछि ल त भन्दै युवाहरु व्यवस्थाका विरुद्ध सडकमा पुगेको अवस्था छ ।’ अर्कोतिर युवा पुस्ताले आफैलाई आफैले चिर्थोन थालेको अवस्था आउँदा पनि सडकमा उत्रिएको पहाडीको भनाइ छ । ‘विदेशबाट आएका युवा फेरि विदेश जान पाएनन् । यहाँका नयाँ जनशक्ति पनि विदेश जान पाएन । कोभिड–१९मा सरकारबाट असफलता प्रदर्शन भएपछि युवालाई दायाँ फर्किदा दायाँ पीडा हुन्छ, बायाँ फर्किदा बायाँ पीडा हुन्छ । अनि आफैलाई चिथोर्न थाले । यो त्यही विद्रोह हो,’ उनले भने । पहाडीका अनुसार ८० प्रतिशत विद्रोहको निराकरण खड्कप्रसाद ओली नेतृत्वको सत्ता जाने वित्तिकै हुन्छ । ‘त्यसका लागि नेकपाले निकास दिनुपर्ने हो । अब ढिलो हुन थाल्यो । देश अर्को दुर्घटनामा जान्छ । धेरै ठुलो दुर्घटनाका जानका लागि यही सडकको आन्दोलनलाई माध्याम त बनाइँदै छैन ? कतै छिमेकीले हावा दियो भने सैनिकीकरणमा त जाँदैन ? उत्तर र दक्षिणको वायुको कुरा छ । उत्तर र दक्षिणको तातो र चिसो वायुको जुधाइमा नेपालको राजनीतिमा कस्तो वर्षा हुने हो ?,’ उनले आशंका मिश्रित प्रश्न गरे । गणतन्त्रको आयु दीर्घायु राख्ने हो भने ओलीको भ्रष्ट सत्तालाई बिदा गर्नेपर्ने उनले बताए । ‘नेकपाले खड्गप्रसादसहितका गलतलाई लिपिबद्ध गरेर पार्टीबाट बढार्नुपर्छ । काँग्रेसले महाधिवेशनबाट बढार्नुपर्छ । बाँकी निकास चुनावले दिन्छ । यसले नै गणतन्त्रको आयु दीर्घायु हुन्छ, यसको जरुरी पनि छ,’ उनले भने ।

  • वीरगंज संजाल
  • २१ मंसिर २०७७, आईतवार १२:००
  • २३६५

    वीरगंज। जेडटीईले आफ्नो नयाँ स्मार्टफोन ब्लेड २० प्रो फाइभजी चीनमा सार्वजनिक गरेको छ । कम्पनीले यो फोनको डिजाइनमा निकै ध्यान दिएको छ ।फोनको दुवै साइडमा थ्रीडी ग्लासको कभर राखिएको छ । फोनको तौल केवल १६८ ग्राम छ ।

    यस्तो छ स्पेसिफिकेसन

    जेडटीई ब्लेड प्रो फाइभजीमा ६.४७ इन्चको फ्लेक्जिबल कर्भ्ड एमोलेड डिस्प्ले दिइएको छ । जसको रेजोलुसन २३४० बाई १०८० पिक्सेल रहेको छ ।

    यसमा वाटरड्रप नोच राखिएको छ भने फोनको एस्पेक्ट रेसियो १९ः५ः९ छ । फोनमा स्नापड्रागन ७६५ जी प्रोसेसर प्रयोग गरिएको छ ।

    यो फोनमा आठ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज दिइएको छ । जसलाई माइक्रो एसडी कार्डको सहयोगमा दुई टीबीसम्म विस्तार गर्न सकिन्छ ।

    क्यामेरा

    जेडटीई ब्लेड २० प्रोमा आयाताकार हाउसिङ क्यामेरा सेटअप दिइएको छ । यो फोनमा प्राइमरी क्यामेरा ६४ मेगापिक्सेलको रहेको छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामेरा राखिएको छ ।

    यस्तै दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा तथा दुई मेगापिक्सेलकै डेप्थ सेन्सर समेत यसमा दिइएको छ । यो फोनले ६० फ्रेम प्रति सेकेण्डमा फोरके भिडियो रेकर्ड गर्न सक्दछ । यसबाहेक फोनको अल्ट्रा वाइड क्यामेरामा इमेज स्टेबलाइजेसनको फिचर समेत दिइएको छ ।

    ब्याट्री

    जेडटीई ब्लेड २० प्रो फाइभजीमा ४००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जुन क्विक चार्ज फोर प्लस सपोर्टका साथ आउने गर्दछ ।

    कनेक्टिभिटीका लागि फोनमा ब्लुटुथ ५.१, यूएसबी ३.१ जस्ता फिचर राखिएका छन् । सेक्युरिटीका लागि फोनमा फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । यो फोन केवल ब्लू कलर अप्सनमा मात्र उपलब्ध छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑