वीरगंज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर संक्रमितको संख्या १४ हजार २ सय ५५ रहेको छ भने ५ सय ३६ जना क्वारेन्टिनमा छन्।