वीरगंज । नासाले चन्द्रमाबाट ढुंगा संकलन गरेर ल्याउने कम्पनीलाई एक डलर तिर्ने बताएको छ । बिहिवार भएको कार्यक्रममा नासाले सम्मान गर्ने चारवटा अवार्ड मध्ये लुनार आउटपोष्टलाई नमुना संकलन गर्न पुरस्कार दिएको छ ।
नासाको चारवटा लो रिसोर्स संकलन कार्यक्रम अन्तर्गत चार मध्ये एक कन्ट्रयाक्टलाई घोषणा गरिएको हो । जित हासिल गर्ने अन्य बीडरहरुमा क्यालिफोर्नियाको मास्टन स्पेस सिस्टम र टोकियोको आई स्पेस र युरोपीयन सब्सीडाईरी रहेका छन् ।
नासाले कम्पनीलाई हरेक चन्द्रमाको माटोको ५० ग्राम र पाँच सय ग्राम तौलको संकलनमा पैसा दिने भएको छ । नासाका प्रवक्ताको अनुसार, ‘कम्पनीहरुले नमुना संकलन गर्नेछन् र त्यसको हरेकको भिज्युअल प्रमाण हुनेछ र अन्य तथ्यांक पनि आवश्यकता हुनेछ ।’
लुनार आउटपोष्टका सीइओ जस्टिन साइरस भन्छन्, ‘यस मिसनको योजना सन् २०२३ मा हुने रहेको छ तर हामी अन्य कम्पनीसंग पनि कुराकानी गर्दै छौं जसको कारण लन्च गर्ने मिति अगाडी पनि हुन सक्छ ।’
कोलोराडो स्थित लुनार आउटपोष्ट एउटा रोबोटिक फर्म हो र यसले लुनार साउथ पोलबाट मुन-रक्स संकलन गरे बापत एक डलर पाउनेछ । तर यस रकम पुरस्कार कम्पनीहरुको प्रेरणाको लागि भने होइन ।
लुनार सतहमा गरिने क्रियाकलाप र त्यहाँको श्रोतको संकलनले विज्ञानको क्षेत्रमा ठुलप फाइदा हुनेछ । साइरस भन्छन्, ‘यो समयको माग हो र यसले समाजले अन्तरिक्ष यात्राको बारेमा सोचेको कुरा गलत हो भन्ने प्रष्ट पर्ने छ ।’
यस कम्पनी ब्लु ओरिजिन तथा अन्य कम्पनीसंग पनि कुराकानी गर्दै छ जसले चन्द्रमा जाने तयारी गर्दै छन् । ब्लु अरिजिन अन्तरिक्ष यात्रा र अनुसन्धानको लागि स्थापना गरिएको कम्पनी हो , यसको संस्थापक अमेजनका मालिक जेफ बेजोस हुन् ।
अर्को सम्झौताका विजेता जापानको आई स्पेस कम्पनीलाई भने पाँच हजार अमेरिकी डलर पुरस्कार दिइने छ । यस कम्पनीले चन्द्रमाको उत्तरी-पुर्व क्षेत्रमा रहेको ढुंगा संकलन गर्ने प्रस्ताव राखेको छ ।
स्पेस विशेषज्ञ सिनेड ओ सुभिलियन भन्छिन्, ‘एक डलरको पुरस्कार पनि निकै महत्वपूर्ण हुन्छ र नासाले यसलाई आधार बनाएको छ ।’ उनले भनिन्, ‘आविस्कार कहिले पनि आर्थिक लाभको प्रलोभनमा पर्नु हुँदैन, यसले पृथ्वी बाहिरको वस्तुको बजारमा बढ्न सक्ने मुल्य र व्यापारलाई रोक लगाएको छ ।’
यी तीन कम्पनीको पुरस्कार भने तीन किस्तामा भुक्तानी हुनेछ, पहिलो सम्मानमा १० प्रतिशत, त्यसपछिको १० प्रतिशत कम्पनीले आफ्नो स्पेस-क्राफ्ट संकलन लन्च गरेपछि र बाँकी ८० प्रतिशत जब नासाले त्यसको निरीक्षण गर्छ र संकलन गरिएको ढुंगालाई पुष्टि गर्दछ ।
साइरस जोक गर्दै भन्छन्, ‘एकडलर त्यो पनि किस्तामा ०.१०, ०.१० र ०.८० डलर ।’
स्पेस एजेन्सीले बिहिवार चीनले आफ्नो लुनार नमुना संकलन गरी पृथ्वीमा आउने जानकारी सार्वजनिक गरेको छ । चीनको अन्तरिक्ष यान चांगई-५ अहिले चन्द्रमाको ढुंगा/माटोको नमुना संकलन गरी पृथ्वीतर्फ आउदै छ ।