वीरगन्ज । भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ।
अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाले टस जितेर फिल्डिङ राेजेपछि पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो।
भारतका लागि केएल राहुलले ५१, रविन्द्र जडेजाले ४४, सन्जु स्याम्सनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाएका थिए।
बलिङतर्फ अष्ट्रेलियाका मोइसेस् हेन्रिक्सले तीन, मिचेल स्टार्कले दुई, मिचेल स्वेप्सन र आदम जम्पाले एक–एक विकेट लिएका थिए।
१ सय ६२ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन मात्रै बनाउन सक्यो।
अष्ट्रेलियाका लागि आरोन फिन्चले ३५, डार्सी सर्टले ३४, मोइसेस् हेन्रिक्सले ३० बनाएपनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
भारतका लागि युवेन्द्र चहाल र टी नटराजनले तीन–तीन तथा दिपक चाहरले एक विकेट लिए।