वीरगंज | देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ५३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६५ जना भेन्टिलेटरमा र ३ सय ८८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७६ जना आइसियु र ४१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७५ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा ६ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ९ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८४ आइसियु र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्। यसअघि बुधबार ४ सय २९, मंगलबार ४ सय ३३, सोमबार ४ सय ३३, आइतबार ४ सय १४ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।
नेपालमा २ लाख ३७ हजार ५ सय ८९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख २० हजार २ सय ७२ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ।