• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    नेब्रास्काकी ६१ वर्षीया महिलाले जन्माइन् नातिनी

  • वीरगंज संजाल
  • १८ मंसिर २०७७, बिहीबार १६:१२
  • २८१३

    अमेरिकाको नेब्रास्कामा ६१ वर्षीया महिलाले आफ्नै नातिनीलाई जन्म दिएकी छिन् । यो कुनै अवधै सम्बन्धबाट भएको जन्म होइन, बरु मानवले विज्ञानमा गरेको विकासको महत्वपूर्ण नमुनाको उदाहरण हो ।६१ वर्षीया सिसिल इलेजले आफ्ना समलिंगी छोरा म्याथ्यु इलेजको परिवार बसाउने इच्छा पूरा गर्ने क्रममा नयाँ इतिहास रचेकी हुन् । उनी आफ्नो नातिनीलाई जन्म दिने पहिलो महिला बनेकी छिन् ।

    सिसिलका छोरा म्याथ्युले एलिएट डोहोर्टीसँग समलिंगी विवाह गरेका छन् । समलिंगी भएका कारण उनीहरूले आफैँ सन्तान जन्माउन सम्भव थिएन । आफ्नो छोरा र उनको श्रीमानको नानीलाई आफ्नो गर्भमा हुर्काएर सिसिलले नातिनीलाई जन्म दिएकी हुन् । सिसिलले गत साता मात्रै नातिनी उमा लुइसलाई जन्म दिएकी हुन् ।

    सिसिलले यसका लागि आफैँले प्रस्ताव गरेको जनाएकी छिन् । छोरा म्याथ्यु र उनका श्रीमान् डोहोर्टीले परिवार बसाउने इच्छा व्यक्त गरेका थिए । त्यसका लागि उनीहरूले धेरै सम्भावनाको खोजी गरेका थिए । त्यसमध्ये सेरोगेसी (अर्काको कोख प्रयोग गरेर जन्माउने विधि)बारे उनीहरू सहमत भएका थिए । सेरोगेसी खोज्ने क्रममा पहिले सिसिल आफैँले इच्छा व्यक्त गरेकी थिइन् । ‘सुरुवातमा मेरो कुरा सुनेर सबै हाँसेका थिए,’ पहिलो संवाद सम्झँदै सिसिल भन्छिन् ।

    त्यसवेला सिसिल ५९ वर्षकी थिइन् । उनको प्रस्तावलाई सुरुवातमा सबैले उडाए । उनीहरूले त्यसमा सम्भावना पनि देखेका थिएनन् । ‘यो उनको तर्फबाट देखाइएको गहिरो मायाजस्तो मात्रै लागेको थियो,’ डोहोर्टी भन्छन्, ‘उनी साँच्चै कुनै स्वार्थ नभएकी आमा हुन् ।’उनीहरू सिसिलको प्रस्तावमा सहमत भए । त्यसपछि धेरै परीक्षण भयो । तीन सन्तानकी आमा र बढ्दो उमेरका कारण सिसिल फेरि गर्भवती बन्न सक्दिनन् कि भन्ने शंका थियो । परीक्षणको क्रममा उनी सबै दृष्टिकोणबाट सक्षम देखिइन् ।

    ‘म स्वास्थ्यप्रति निकै नै ख्याल राख्ने मान्छे हुँ,’ सिसिल भन्छिन्, ‘गर्भवती हुन सक्दिनँ भन्ने विषयमा कुनै द्विविधा थिएन । यद्यपि, परीक्षण त गर्नुपर्ने नै थियो । परीक्षणले गर्भमा नानी हुर्काउन सक्षम रहेको देखायो ।’ त्यसपछि डोहोर्टीकी दिदी लियाले ‘अण्डा’ दान गरिन् । वीर्य सिसिलका छोरा म्याथ्युकै प्रयोग भयो । त्यसलाई सिसिलले आफ्नो गर्भमा राखेर नातिनीलाई जन्म दिएकी हुन् ।

    ‘हामीलाई लागेको थियो कि हामी फरक छौँ । हामीले फरक तरिकाले नै सोच्नुपर्छ,’ शिक्षण पेसामा संलग्न म्याथ्यु भन्छन्, ‘हाम्रा लागि त्यस्तै सम्भव भयो । आफ्नै सन्तान प्राप्त गर्ने हाम्रा लागि यो अन्तिम उपाय थियो । त्यसमा सफलता मिल्दा धेरै खुसी छौँ ।’

    सिसिलले गर्भावस्था सहज भएको बताएकी छिन् । कुनै पनि समय कुनै समस्याको संकेत नदेखिएको पनि उनले सुनाइन् । उनले त्यसवेलाका केही रामाइला घटना पनि सुनाइन् । ‘डक्टरले त्यति चाँडै गर्भ बसे÷नबसेको परीक्षण नगर्न भनेको थियो । तर, केटाहरू मानेनन्,’ उनले भनिन्, ‘पहिलो परीक्षणमा गर्भ बसेको देखिएन । सबै निराश भयौँ । त्यही बेलुका फेरि परीक्षण गर्दा गर्भ बसेको देखाएको थियो । त्यो साँच्चै हामी सबैका लागि एउटा खुसीको क्षण थियो ।’

    यो प्रयोग र सफलताले नेब्रास्का र अन्य क्षेत्रमा पनि तेस्रोलिंगी समुदायलाई उत्साहित बनाएको छ । नेब्रास्कामा सन् २०१५ देखि समलिंगी विवाहलाई मान्यता दिन थालिएको हो । यसरी उनीहरूले आफ्नै सन्तान पनि प्राप्त गर्न सक्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑