बारा । अमरेस कुमार पाण्डे।बारा को सदरमुकाम कलैया मा सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुने पचरौता नगरपालिका वडा नं ८ प्रेमनारायण चौधरीको १७ बर्सिय छोरी गान्धी कुमारी चौधरी रहेको प्रहरीले जनाएको छ।
कलैया बाट बरियारपुर जादै क्रममा बुधबार मध्यान्ह को समयमा कलैया उप महानगरपालिका वडा नं ४ मैदा मिल नजिकै दुर्घटना भएको थियो। प्रदेश न २-०३-००६ प ९३८५ को मोटरसाइकलको पछाडि बसेकी युवती मोटरसाइकल बाट खसेकी थिन ।
मोटरसाइकल बाट खसेकी उनलाई पछाडी बाट आइरहेको ना.४ ख २९२३ नम्बर को ट्रक ले पछाडि बाट ठक्कर दिएको थियो। घाईते अवस्थामा उपचार को लागि नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बिरगंज लगिय पनि उपचार को क्रममा १३:४५ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्राले बताए।