• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आउँदो सातादेखि नेपाली बजारमा आईफोन ट्वेल्भ, शुन्य ब्याजदरमा किस्ताबन्दीमा किन्न पाइने

  • वीरगंज संजाल
  • १७ मंसिर २०७७, बुधबार २०:३४
  • ४८८५

    वीरगंज। आउँदो साता नेपाली बजारमा आईफोन ट्वेल्भ सिरिजका दुई मोडल सार्वजनिक हुने भएको छ । नेपालका लागि आईफोनको आधिकारिक विक्रेता जेननेक्स्ट प्रालिले यी फोन बजारमा उपलब्ध गराउने भएको हो ।

    जेननेक्स्टका प्रवन्ध निर्देशक पवन भिमसरियाका अनुसार मंसिर २६ गते आईफोन १२ अन्तर्गतका दुई फोन सार्वजनिक हुनेछन् । यसमध्ये आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ प्रो सार्वजनिक हुनेछ ।

    भिमसरियाका अनुसार यी दुई फाेन सार्वजनिक भएकाे १० दिनपछि आईफोन ट्वेल्भ प्रो म्याक्स र आईफोन ट्वेल्भ मिनी नेपाली बजारमा उपलब्ध हुनेछ ।

    यी स्मार्टफोन तीन फरक भेरियन्टमा बजारमा उपलब्ध हुनेछ । जसमा आईफोन ट्वेल्भ प्रो १२८, २५६ र ५१२ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । यसको बजार मूल्य क्रमशः एक लाख ७५ हजार, एक लाख ९३ हजार र दईु लाख २७ हजारको हाराहारीमा पर्नेछ ।

    त्यस्तै आईफोन ट्वेल्भ ६४, १२८ र २५६ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । यसको बजार मूल्य क्रमशः एक लाख ३४ हजार, एक लाख ४२ हजार र एक लाख ५८ हजार रूपैयाँको हाराहारी पर्नेछ ।

    यी माेडलमा एक वर्षको वारेन्टी रहेको छ । जसमा एक वर्षभित्र केही बिग्रिएको खण्डमा बनाएर दिनुका सट्टा रिप्लेसमेन्टको सुविधा उपलब्ध गराइनेछ ।

    त्यस्तै उक्त फोनका लागि कम्पनीले विभिन्न इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा इन्स्योरेन्स सेवा पनि उपलब्ध गराउने जनाएको छ । जसमा पानीले भिजेको र हाइभोल्टेजले भएको ड्यामेजबाहेक सम्पूण कुरालाई समेट्ने उल्लेख गरिएको छ ।

    यदि फोन फुटेको खण्डमा, हराएको खण्डमा पुलिस रिपोर्ट उपलब्ध गराएको खण्डमा उक्त इन्स्योरेन्सको कभरेज गर्नेछ । भौतिक रुपमा केही बिग्रिएको खण्डमा एक वर्षभित्र नयाँ फोन प्रदान गरिनेछ । तर, त्यसका लागि भ्याट बिलसहित आधिकारक स्टोरबाट किन्नुपर्नेछ ।

    साथै कम्पनीले ग्राहकको सहजताको लागि ईएमआई सेवा पनि उपलब्ध गराउने भएको छ । यसअन्तर्गत विभिन्न बैंकसँगको सहकार्यमा शुन्य ब्याजदरमा किस्ताबन्दीमा आईफोन किन्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑