एजेन्सी । उत्तर प्रदेशमा कानूनी व्यवस्थालाई सुदृढ पार्ने कोशिस गर्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा ४३ जना आइपीएस अधिकारीहरुको सरुवा गरिएको छ । जसमा २ जना एएसपीहरु पनि रहेका छन् ।
मुख्यमन्त्री योगीले उत्तर प्रदेशमा विधानसभा निर्वाचन सकिएलगत्तै ४३ जना आइपीएसहरुको सरुवा गरेका हुन् भने १६ जना एएसपी र एपीसीहरुको पनि व्यपाक रुपमा फेरबदल गरिएको छ ।
सन् २०१५ का ब्याचका १२ जना अधिकारीहरुलई जिल्लामा पोष्ट गरिएको छ । आज यस ब्याचका १४ आइपीएस अधिकारीहरुले मुख्यमन्त्री योगी आदित्यनाथसँग टलफल समेत गरेका थिए ।