वीरगन्ज । समुदाय -प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली -११ को आयोजनामा लैङगिक हिंसा विरुद्ध १६ दिने अभियान मंगलवार सम्पन्न भएको छ ।
बिरगंज वडा न.११ रानिघाट प्रहरी चौकीबाट निकालिएको रैलीले लैङगिक हिंसा विरुद्धको प्रचार पम्पलेट बितरण गर्दै पुनः सो चौकीमा पुगि समापन भएको थियो ।
वडा न.११ का वडा अध्यक्ष प्रधुमन सेढाईको अध्यक्षतामा र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरीक्षक प्रेम बहादुर खत्रीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा प्रहरी सहायक निरीक्षक राजेस्वर प्रसाद सिंह , सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका उपाध्यक्ष रेखा घिमिरे , सचिव दिलिप प्रधान , प्रहरी सहायक निरीक्षक मिना बडाल , अमिरीलाल प्रसाद कलवार , सन्चारकर्मी जगत राई , अजित भुजेल , संतोषमान रन्जितकार , जाकिर हुसेन लगायतकाको सहभागिता रहेको थियो ।