वीरगंज | बेलायत सरकारले जलवायु परिवर्तन तथा परमाणु ऊर्जामा नयाँ रोजगारी सिर्जना योजनाअन्तर्गत सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने नयाँ कारहरूको बिक्री बन्द गर्ने घोषणा गर्ने भएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले यस योजनालाई हरित औद्योगिक क्रान्ति नाम दिएका छन् । यसको घोषणा बुधवार गरिँदैछ ।
वातावरणवादी समूहहरूले यो योजना जलवायु परिवर्तनको सामना गर्ने दिशामा ऐतिहासिक मोड भएको बताइरहेका छन् ।
यस योजनाअन्तर्गत बेलायतले सन् २०५० सम्म देशमा कार्बन उत्सर्जन अन्त्य गर्ने लक्ष्य हासिल गर्न सहयोग पुग्ने त्यहाँको सरकारले बताएको छ ।