• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    जोकोहीलाई हुन सक्छ फिशिङ हमला, जोगिने कसरी ?

  • वीरगंज संजाल
  • १६ मंसिर २०७७, मंगलवार १७:१२
  • ५८५३

    वीरगंज । फिशिङ एकदमै चलाखीपूर्ण तरिकाले सम्पन्न गरिन्छ । अधिकांश फिशिङहरुमा तपाईंको व्यक्तिगत वित्तीय जानकारीहरु अनलाइनबाट चोरी गरिन्छ ।त्यसपछि तपाईंको पैसा गैरकानूनी रुपमा झिक्ने गरिन्छ । इन्टरनेटको विश्वमा यस्ता गतिविधि दैनिक भइरहेका हुन्छन् । तर हामी यस्ता गतिविधिबाट अनविज्ञ रहन्छौं ।

    हमलाकारीहरुले सधै नयाँ नयाँ र फरक किसिमका टेक्निकहरु प्रयोग गरिरहेका हुन्छन् । यसैले हामी सधै होशियार रहनु अत्यावश्यक छ । फिशिङ हमलामा अत्याधिक देखापर्ने एउटा तत्व भनेको ‘अर्जेन्सी अर्थात् हतारो’ हो । ‘प्लिज रिप्लाई विदाउट डिले’, ‘तयारी सम्पन्न गर्न तपाईंको प्रतिक्रिया समयमै आवश्यक छ ।’ मेलमा यसरी फिशिङ हमलाकारीहरुलाई तपाईंलाई अत्याइरहेका हुन्छन् ।

    सिम्यान्टिक्सको पछिल्लो रिपोर्ट अनुसार ‘अर्जेन्ट रिक्वेस्ट, इम्पोर्टेन्ट, पेमेन्ट र अटेन्सन’ लेखिएका कुराहरु एउटा राम्रो चेतावनीका संकेतहरु हुन् । यस्तै फिशिङ अट्याकलाई व्यक्तिगत किसिमको बनाउने नयाँ कला हो, स्पेयर फिशिङ । एक तिहाइ फिशिङहरु सधै एउटा व्यक्तिमा लक्षित हमला हुने गर्छन् । अन्य बाँकी अट्याकहरु भने दशभन्दा कम व्यक्तिमा केन्द्रित हुन्छन् ।

    तपाईंले कुनै कार्यालयमा कामको लागि आवेदन पेश गर्नुभएको छ भने कहिले काहिँ त्यस्ता संस्थाहरुको एचआर डिपार्टमेन्ट ह्याक हुन सक्छ । ह्याक भएको अवस्थामा तपाईंले आफू सर्टलिस्टेड भएको मेल पाउन सक्नुहुन्छ । तर सेलेक्सनका लागि तपाईंलाई शुल्कको माग गर्न सकिन्छ ।

    केही समयअघि भएको एउटा स्पेयर फिशिङका कारण एउटा कम्पनीले ४ करोड डलर हमलाकारीको हातमा सुम्पिन पुगेको छ । शीर्ष कार्यकारीबाट आएको जस्तो देखिने त्यस ईमेलले एउटा तेस्रो पार्टीको खातामा फण्ड ट्रान्सफर गर्न आफ्नो कर्मचारीलाई निर्देशन दिएको थियो । तर वास्तवमा त्यो मेल एउटा फिशिङ स्क्याम थियो ।

    कर्मचारीहरुले त्यस मेललाई अविश्वास गर्नुपर्ने कुनै कारण देखेनन् । यसैले उक्त घटना हुन गयो ।

    फिशिङ अट्याकर्सहरुले अधिकांश समय प्रयोग गर्ने माध्यम भनेकै इमेल हो । सबैभन्दा पहिले हमलकारीहरुले संस्थाको जानकारी संकलन गर्दछ । साना कम्पनीहरु यस्तो मामिलामा एकदमै कमजोर अवस्थामा हुन्छन् ।

    त्यसपछि हमलाकारीहरुले आन्तरिक डक्युमेन्ट जस्तो देखिने दस्तावेजहरु अफिस नेटवर्कमा मेल मार्फत सर्कुलेट गर्दछन् । कर्मचारीहरुले त्यसलाई क्लिक गरेपछि सिस्टममा माल्वेयर इन्स्टल भएर वित्तीय विथड्रका सिलसिला सुरु हुन्छन् ।

    फिशिङ हमला व्यक्तिगत बन्दै गइरहेको अवस्थामा योबाट बच्न अत्यावश्यक छ ।

    फिशिङ एउटा ईमेलबाट हुने साइबर हमला हो जसले पुरै नेटवर्कलाई एक्सपोज गरेर र्‍यानसम अट्याकमा पुर्‍याउन सक्छ ।

    फिशिङ अट्याक गर्ने व्यक्तिले एउटा आधिकारिक वा व्यवसायिक जस्तो देखिने मेल कुनै पनि लक्षित इमेल एड्रेसमा पठाउँछ । तर त्यस्ता किसिमका मेलहरुको पछाडि एकदमै घातक स्क्याम हुन्छन् ।

    त्यस्ता फिसर्सको सञञ्चार एकदमै सामान्य र निर्दोष जस्तो देखिन्छ । तर यसले तपाईंलाई तपाईको संवेदनशील सूचना माग गर्न सक्छ । तपाईंको अकाउन्ट कन्फर्म गराउन सक्छ वा कतै लगईन गराउन सक्छ ।

    त्यस्तो समय हतारमा तपाईंले जतासुकै लगईन गर्नसक्नुहुन्छ, जुन अपेक्षा फिसरले पनि गरेको हुन्छ । त्यस्ता मेलभित्र कुनै लिङ्क वा एक्जिक्युटेबल फाइलहरु हुन्छन् । जसले तपाईंको नेटवर्कलाई टेकओभर गर्न वा रेन्समवेयर इन्स्टल गरिदिनसक्छ ।

    यसरी रेन्समवेयर इन्स्टल भएपछि त्यसले तपाईंको सूचनालाई कपी गरेर पूर्वनिर्धारित ठेगानामा पुर्‍याउन सक्छ ।

    यस्ता फिशिङ हमला दिनमा असंख्यौं हुने गर्छन्, जुन दैनिक अत्याधुनिक र जटिल बन्दै गइरहेको छ । त्यो आधिकारिक हो वा फिशिङ हो भन्ने कुरामा आफैं झुक्किन सक्नुहुन्छ ।

    यस्तो बेला तपाईंको हतारो नै ह्याकरको लागि महत्वपूर्ण ब्रेकिङ प्वाइन्ट बनिदिन सक्छ । यदि कुनै कुरा हेर्दा लोभलाग्दो, आकर्षक छ भने त्यसलाई हेर्न र खोल्न नआत्तिनुहोस् ।

    तपाईंको सानो निर्णायक भुलले सिङ्गो कम्पनी वा सिस्टमलाई नै गलत व्याक्तिको हातमा सुम्पिदिन सक्छ ।

    फिशिङ अट्याकमा सामान्यतय धेरै देखिने गल्ती हो नाममा हुने त्रुटि । उदाहरणका लागि तपाईंको हाकिमकाे नाममा तपाईंलाई मेल आएको छ भने न अत्तालिनुहोस् ।

    सानो नामको बीचमा एउटा अक्षरले पनि तपाईंलाई यो फिशिङ हो भनेर शंका गर्न पर्याप्त आधार दिन सक्छ । मानिसहरुले हतारमा सुक्ष्म कुराहरु ख्याल गर्दैनन्, जसको फाइदा अट्याकरहरुले सजिलै उठाउँछन् ।

    स्पेयर फिशिङ

    तपाईं कुनै कुरामा रुचि राख्नुहुन्छ र अट्याकरलाई त्यसबारेमा पूर्व जानकारी छ भने त्यो पनि एउटा बलियो आधार बन्न सक्छ । अट्याकरले तपाईंको रुचिको क्षेत्र तथा निकायबाट तपाईंलाई फिशिङ मेल पठाउन सक्छ ।

    उदाहरणका लागि तपाईं कारप्रेमी हुनुहुन्छ भने कारसँग सम्बन्धित इभेन्टको लोभ देखाएर तपाईंलाई इन्भिटेसन मेल पठाउन सक्छ । जसलाई खोल्ने बित्तिकै तपाईंको सिस्टम खराब हुन सक्छ ।

    अट्याकरले विशेष मानिसहरुमाथि अनुसन्धान गरेर उसको कमजोरीमाथि खेल्न सक्छ ।

    यसो भए कसरी पहिचान गर्ने त फिशिङ अट्याक ?

    कतिपय फिशिङहरु पहिचान गर्न पनि गाह्रो हुन्छ । यस्तो बेला कसरी पहिचान गर्ने त फिशिङ अट्याकलाई ?

    १. आशंका र होशियारपूर्ण सतर्कता 

    अट्याकरले सधैं तपाईंको हतार र विश्वास गर्ने कमजोरीको फाइदा उठाइरहेको हुन्छ । यस्तो व्यवहारलाई नियन्त्रण गर्नुहोस् । ईमेल पढ्दै गर्दा सतर्क रहनुहोस् ।

    २. क्रेडिन्सियल चेक गर्नुहोस् 

    यदि तपाईंलाई मेल पठाउने ईमेलको कन्फिग्रेसन तपाईंको जस्तो छैन भने थाहा पाउनुहोस् त्यो तपाईंको कम्पनीबाट आएको मेल होइन ।

    ३. लिङ्क राम्रोसँग विचार गर्नुहोस् 

    आफ्नो माउस लिएर लिङ्कमा राम्रोसँग हेर्नुहोस् । त्यो सही डोमेनमा जान्छ वा जाँदैन राम्रोसँग हेर्नुहोस् । संस्थाको नाम डोमेनमा हुनुपर्छ । यदि चाहिनेभन्दा धेरै कुरा छ भने सशंकित हुनुहोस् ।

    ४. पासवर्ड माग गरेको ठाउँमा केही नभर्नुहोस् 

    कुनै पनि संस्था वा कम्पनीले कहिल्यै पनि तपाईंको पासवर्ड माग गर्दैन । पासवर्डमा तपाईंको सर्वाधिकार हुन्छ र त्यो तपाईंको गोपनीयता हो ।

    यदि कसैले तपाईंको मेलबाटै तपाईंलाई युजरनेम वा पासवर्ड माग गर्छ भने सिधै लिङ्कबाट कम्पनीकै साइटमा जानुहोस् र साइटलाई एकपटक चेक गर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता
  • खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन
  • क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप
  • तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    News

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    News

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    News

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑