• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सिंह जंगलको राजा कि सुताहाको राजा !

  • वीरगंज संजाल
  • १६ मंसिर २०७७, मंगलवार ०१:०१
  • ४१४९

    सिंह, बिरालो परिवारभित्र पर्ने जनावर हो । यो नै उक्त परिवारमा पर्ने जनावरहरुमध्ये सबैभन्दा ठूलो हो । आफ्नो विशाल शरीर अनि भीषण शक्तिको कारण सिंहलाई जंगलको राजा पनि भन्ने गरिन्छ । तर यो जनावरको सुताइलाई हेर्ने हो भने, यसलाई जंगलको राजा मात्र हैन, सुताहाको राजा पनि भने फरक पर्दैन !

    सिंह अति सुत्ने गर्छ । विशेष गरेर दिउँसो यसले पूरै समय सुतेर बिताउने गर्छ । यो दिनको करिब २० घण्टा सुत्ने गर्छ । अर्थात्, आफ्नो कुल जीवनको करीब ८० प्रतिशत भाग यसले सुतेरै बिताउँछ ।

    सिंह यसरी किन सुत्छ त ? के यो साँच्चै अल्छे भएकै कारण यसरी सुत्ने हो कि ?

    वास्तवमा, सिंह अल्छे भएकै कारण यसरी सुत्ने हैन । यसरी दिनको २० घण्टासम्म सुत्नु सिंहको एक किसिमको बाध्यता पनि हो । किनभने, सिंहको शरीरको तुलनामा मुटु अति सानो हुन्छ । त्यसैले यसले बढी गतिविधि गर्‍यो भने, यसको शरीर चाँडै तात्छ, छिट्टै थाक्छ । अझ दिनको गर्मीमा त यो क्रिया झनै बढी हुन्छ । त्यसैले, थकाइबाट बच्न, आफ्नो शरीरको शक्ति जोगाउन यो दिनको समयमा सुत्ने गर्छ ।

    सिंह विशेष गरेर राति क्रियाशील हुने गर्छ । यसरी राति क्रियाशील हुँदा एक त दिनको जस्तो गर्मी हुँदैन, जसले गर्दा यसको शरीर चाँडै तात्न पाउँदैन । त्यसबाहेक, रातको समयमा शिकार बढी चनाखो पनि भएको हुँदैन । त्यसैले पनि सिंह बढी राति नै क्रियाशील हुने गर्छ ।

    सिंहको गर्जन

    सिंहको गर्जन अति शक्तिशाली हुन्छ । यसले गर्जेको आवाज मानव कानले ८ किलोमिटर परसम्म सुन्न सक्छ । यसले यसरी गर्जेर अन्य शिकारी जनावरहरुलाई त्यो क्षेत्र आफ्नो क्रियाक्षेत्र रहेको जनाउ दिन्छ ।

    पहिले धेरैतिर पाइन्थ्यो सिंह

    पहिले पहिले सिंह धेरै महादेशहरुमा पाइने गथ्र्यो । जीवाशेष (Fossil)  को अध्ययनबाट पत्ता लागेअनुसार, १० हजार वर्ष पहिलेसम्म सिंह  अफ्रिका, यूरोप, मध्यपूर्व एशिया, एशिया, उत्तरी अमेरिका र उत्तर–दक्षिण अमेरिकामा पाइन्थ्यो । तर जनसंख्याको विस्फोटले जंगल मासिँदै जानु, सिंहको अन्धाधुन्ध शिकार तथा सिंहको मुख्य आहारा अन्य वन्यजन्तुहरुसमेतको संहारको कारण सिंहको विनाश हुँदै गयो ।

    दुई ठाउँमा सीमित सिंह

    अहिले सिंह संसारको दुई ठाउँमा मात्र सीमित छ– अफ्रिकाको सहारा मरुभूमिको दक्षिणी भागमा र भारतको गीर राष्ट्रिय आरक्षमा  । पछिल्लो ठाउँ नै एशियामा सिंह पाइने एक मात्र स्थान हो । अफ्रिकामा करीब एक लाखको संख्यामा र भारतको गीर राष्ट्रिय आरक्षमा चाहिँ केही सयको संख्यामा मात्र सिंह छन् । यसबाहेक, चिडियाखाना तथा सर्कसहरुमा गरेर केही हजार सिंहहहरु संसारभरि छरिएका छन् ।

    https://www.zsl.org/

    शारीरिक अवस्था

    बिरालो परिवारमा पर्ने बाघ र सिंहको शारीरिक अवस्था झण्डै झण्डै उस्तै उस्तै हुन्छ । भाले सिंहको तौल १५० देखि २५० किलोसम्म हुन्छ भने खडा हुँदा काँधसम्मको यसको उचाइ ४८ इन्चसम्म हुन्छ । पुच्छर छोडेर यसको लम्बाइ ९८ इन्चसम्म हुन्छ । पोथी सिंहको तौल चाहिँ १२० देखि १८२ किलोसम्म, खडा हुँदा उचाई ४२ इन्च र लम्बाई पुच्छरसमेत गरी ६९ इन्चसम्म हुन्छ ।

    सिंहको चौडा र बलियो काँध हुन्छ । यसको लामो र तिखो नंग्रा हुन्छ भने यसको जबडा अति बलियो हुन्छ । सिंह पूरै मांसहारी जीव हो । यो अन्य जीवहरुको मासु खाएर बाँच्ने गर्छ । त्यसैले यसको तीखो दाह्रा र धारिला तथा चौडा दाँतहरु हुन्छन् । यसले आफ्नो तीखो दाह्राले शिकारलाई पक्रन तथा मासु लुछ्न सक्छ भने धारिला दाँतहरुले मासुलाई टुक्रा टुक्रा पार्छ । त्यसैगरी स–साना चौडा दाँतहरुले चाहिँ शिकारको मासु तथा हड्डीधरिलाई चपाउने गर्छ ।

    भाले सिंहको काँधमा रौंको बाक्लो झुप्पा हुने गर्छ । यसको रंग कैलोकैलोदेखि गाढा कलेजीसम्म हुन्छ । उमेर बढ्दै जाँदा त्यसको त्यो रौंको झुप्पोको रंग पनि गाढा हुँदै र बढ्दै जान्छ ।

    अफ्रिकी सिंह र एशियाली सिंहबीच सामान्य भिन्नता हुन्छ । एशियाली सिंहको पेटमा छालाको सानो झुप्पो हुन्छ, जसलाई बेली फोल्ड (belly fold) भनिन्छ । अफ्रिकी सिंहको पेटमा यस्तो हुँदैन ।  त्यसै गरी एशियाली सिंह अफ्रिकी सिंहभन्दा अलि सानो हुने गर्छ । अफ्रिकी सिंह सामान्यतः पोथीहरुसँगै समय बिताउने गर्छन् । तर त्यसको विपरीत एशियाली सिंह चाहिँ एकलै बस्न रुचाउँछ । यो मैथुन कार्यको लागि तथा ठूलो शिकार गर्ने बेलामा मात्रै झुण्डमा मिसिने गर्छ ।

    सिंहको आयु

    सिंहलाई जंगलको राजा भनिए तापनि यसको जीवन चुनौतिपूर्ण र कठीन हुन्छ । यसको जन्मेका बच्चाहरुमध्ये दुई तिहाई त एक वर्ष नपुग्दै मर्ने गर्छ । सिंहको आयु १८–२० वर्ष मानिन्छ । तर सामान्यतः जंगलमा भाले सिंह १२ वर्ष र पोथी सिंह चाहिँ १६ वर्षसम्म बाँच्ने गर्छ । चिडियाखानामा राखिएका सिंहहरु उचित स्याहारसुसार, स्वास्थ्य सुविधा एवं पर्याप्त आहाराको उपलब्धताको कारण २५ वर्षसम्म पनि बाँच्ने गरेको पाइएको छ ।

    सामाजिक अवस्था

    सिंह समूहमा बस्ने गर्छ । सिंहको समूहमा २ देखि १२ वटासम्म पोथी सिंह तथा त्यसका बच्चाहरु पनि रहने गर्छन् । समूहमा नै जन्मेका कारण पोथी सिंहहरु जीवनपर्यन्त सोही समूहमा रहने गर्छन्  तर कहिले काहीँ ठूलो समूह बन्न जाँदा आहाराको उचित उपलब्धताको लागि समूहमा

    विभाजन पनि हुने गर्छ । समूहमा बच्चाहरुको हेरविचार गर्ने, शिकार पक्रने, आफ्नो शिकार क्षेत्रको सुरक्षा गर्ने लगायतका महत्वपूर्ण कार्यहरु पोथी सिंहले नै गर्ने गर्छ ।

    पोथी सिंहको तुलनामा समूहमा जन्मेको भाले सिंहले चाहिँ दुईदेखि ४ वर्षको उमेरसम्म मात्र समूहमा बस्ने मौका पाउँछ । त्यसपछि भाले सिंहले समूह छोडेर जानु पर्ने हुन्छ । यसरी समूह छोडेर गएको सिंह अन्य भाले सिंहहरुको समूहमा मिसिएर बस्ने गर्छ, जसलाई coalition भन्ने गरिन्छ । यस्तो समूहमा दुईदेखि ६ वटासम्म भाले सिंह हुने गर्छ । यस समूहका सिंहहरुले अन्य समूहका पोथी सिंहहरुसँग मैथुन कार्य गर्ने गर्छन् । यस अवस्थामा पोथीको समूहमा रहेको मुखिया सिंहसँग निकै हिंसात्मक भीडन्तहरु पनि हुने गर्छन् । यस्तो भीडन्तमा हार्ने मुखिया सिंह समूहबाट विस्थापित नै हुन्छ ।

    समूहमा रहेका मुखिया सिंहले समूहका बच्चाहरुको सुरक्षा गर्ने कार्य समेत गरिरहेको हुन्छ । तर जब समूहको मुखिया सिंह हार्छ र उसको स्थान आक्रमणकारी विजेता सिंहले लिन्छ, उसले समूहको सबै बच्चाहरुको हत्या गर्न खोज्छ । तथ्यांकहरुले देखाएअनुसार, यस्तो घटनामा एक चौथाइ सिंहका बच्चाहरु विजेता सिंहबाट मारिन्छन् । त्यसो त पोथी सिंहहरुले आफ्ना बच्चाहरुको रक्षा गर्ने गर्छन् । तर एक्लो पोथी शारीरिक रुपमा भालेको तुलनामा निकै कमजोर हुन्छ । त्यसो त समूहका पोथी सिंहहरु मिलेर आक्रमणकारी विजेता भाले सिंहबाट आफ्ना बच्चाहरुको सामूहिक रक्षा गर्ने गरेको पनि पाइन्छ ।

    पोथी सिंहले एक पटकमा एकदेखि चारवटासम्म बच्चा जन्माउने गर्छ । सामान्यतः समूहका पोथी सिंहहरुले एकै समयमा बच्चाहरु जन्माउने गर्छ । पोथी सिंहले समूहबाट छुट्टिएर अलग्गै सुरक्षित स्थानमा बच्चा जन्माउने गर्छन् । यसरी जन्मिएको बच्चालाई उसले आठ हप्ताको भएपछि मात्र आफ्नो समूहमा ल्याउने गर्छ । समूहमा आएपछि पोथी सिंहहरुले मिलेर बच्चाहरुलाई हुर्काउने तथा सुरक्षा गर्ने गर्छन् । सामान्यतः सिंहले बच्चालाई आठ महिनासम्म आफूसँगै स्याहार्ने गर्छ, तर तीन महिनाको उमेरदेखि नै सिंहले बच्चालाई शिकारमा लैजाने गर्छ । त्यहाँ बच्चाले शिकार त पक्रन सक्दैन, तर पक्रेको शिकारलाई खान चाहिँ सिक्छ । करिब ११ महिनाको भएपछि सिंहको बच्चाले शिकार गर्न सिक्न थाल्छ । शिकारलाई आफैं पक्रनको लागि सिंहको बच्चाले कयौं वर्ष अभ्यास गर्नुपर्ने हुन्छ । त्यसैले बच्चा दुई वर्षको नहोउन्जेलसम्म पोथी सिंहले उसको हेरविचार गर्ने गर्छ ।

    बच्चाको स्याहार सुसारमा भाले सिंहको कुनै प्रत्यक्ष योगदान हुँदैन । तर आफू नसुतेको बेलामा आफ्नो शिकार क्षेत्रमा घुमेर पिसाव एवं अन्य गन्ध छोडेर यसले आफ्नो शिकार क्षेत्र सुरक्षित गर्ने गर्छ । यसबाहेक भाले सिंहले गर्जेर पनि आवाज सुनिएसम्मको क्षेत्र आफ्नो शिकार क्षेत्र रहेको जनाउ अन्य सिंहहरुलाई दिने गर्छ । यसरी सुरक्षित गरेको शिकार क्षेत्रमा सामान्यतः अर्को सिंह आउने गर्दैनन् । आइहालेमा त्यहाँ भीषण द्वन्द्व हुने गर्छ ।

    भाले सिंहले समूहमा प्रभुत्व जमाएको हुन्छ । त्यसैले सामान्यतः भाले सिंह आफैंले शिकार गर्ने गर्दैन । यो समूहका पोथी सिंहहरुले समाएको शिकारमा बढी निर्भर रहने गर्छ ।   शिकार समातेपछि सबैभन्दा पहिले भालेले त्यसपछि मात्र पोथीहरुले शिकार खाने पालो पाउँछन् । त्यसो त आवश्यकता पर्दा भाले सिंहले पनि शिकार पक्रने गर्छ  । खासगरी ठूला शिकारहरु पक्रन भने भाले सिंह पनि लाग्ने गर्छ ।त्यसबाहेक, सिंहले अन्य शिकारी जनवारले मारेको शिकार समेत खोसेर खाने गर्छ ।

    सिंहले एक पटकमा ३६ किलोसम्म मासु खान सक्छ । यसले गर्दा कयौं दिनसम्म यसले नखाइकनै पनि रहन सक्छ । सामान्यतः सिंहलाई दिनको ५ किलो मासुको आवश्यकता पर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑