• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    मोबाइल सफा गर्दा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती

  • वीरगंज संजाल
  • १५ मंसिर २०७७, सोमबार १३:०३
  • २६१३

    वीरगंज  | तपाईंको फोन स्क्रिनमा कति धेरै ब्याक्टेरिया तथा किटाणुहरु बसेका हुन्छन्, जुन तपाईंका आँखाले देख्न सक्दैनन् । फोन प्रयोग गरिरहँदा तपाईंको हात र अनुहार अधिकांश समय यसको सम्पर्कमा आउँछ ।

    तर हाम्रो अनुहार र हातको सम्पर्कमा आउने यो डिभाइसलाई सफा राख्नुपर्छ भन्ने धेरैलाई थाहा छैन । थाहा हुनेहरुलाई पनि फोनलाई कसरी सफा गर्ने भनेर सही तरिका थाहा नहुन सक्छ ।

    धेरैजनाले यसलाई कपडा, कोलिनले पुछ्ने गर्छन् । तर यो गलत तरिका हो । आज हामी तपाईंलाई फोनको स्क्रिनलाई सुरक्षित तरिकाले पुछ्ने तरिकाको बारेमा बताउँदै छौं ।

    तपाईंले आफ्नो फोन सफा गर्दा यी गल्ती कहिल्यै नगर्नुहोस् ।

    १. विण्डो तथा ग्लास क्लिनर

    तपाईं विण्डो क्लिनरले झ्याल र ऐनाहरु पुछ्नुहुन्छ । सिसा सफा गरेको देखेर तपाईं फोनलाई सफा गर्न पनि विण्डो क्लिनरको नै प्रयोग गर्नुहुन्छ । तर यो गलत तरिका हो । अहिलेका केही नयाँ फोनहरुमा प्रोटेक्टिभ कोटिङ पाइन्छ । जसले स्क्रिनलाई तेल र पानीबाट सुरक्षित राख्छ ।

    तर त्यस्ता कोटिङ भएका फोनहरुमा तपाईंले कडा क्लिनर्सहरु प्रयोग गर्नुभयो भने यसले तपाईंको फोनको स्क्रिनलाई थप कमजोर बनाउँछ । यसले फोनको स्क्रिन स्क्य्राच हुने जोखिम बढाउँछ ।

    २. किचेन क्लिनर

     क्लिनिङ एजेन्टहरुले फोनको स्क्रिनमा रहेको स्क्य्राच रेसिस्टेन्स गुणलाई केही असर गर्दैन । तर त्यहाँ रहेको प्रोटेक्टिभ कोडमा समस्या आयो भने चाहिँ सिंगो फोनमै समस्या आउन सक्छ । यसकारण हामीले फोन सफा गर्दा कहिल्यै पनि घरमा प्रयोग हुने सामग्रीले फोन सफा गर्नु हुँदैन ।

    ३. टिस्यु पेपर

    टिस्यु पेपरहरु एकदमै धेरै प्रयोग हुन्छन् । कसैले यसलाई फोनको स्क्रिन पुछ्न पनि प्रयोग गर्छन् । तर यो गलत अभ्यास हो ।

    ४. रबिङ अल्कोहल

    अहिलेका अधिकांश नयाँ फोनहरुमा प्रोटेक्टिभ कोटिङ राखिएका छन् । रबिङ अल्कोहल प्रयोग गरेर सफा गर्दा स्क्रिनमा रहेको कोटिङलाई त्यसले छिट्टै हटाइदिन्छ । जसले गर्दा फोनहरु स्क्य्राच जोखिममा पर्छन् । त्यसैले फोनको स्क्रिन क्लिनर किन्दा सधैं त्यसमा अल्कोहलको मात्रा भए/नभएको ख्याल गर्नुहोस् । एप्पलले फोन सफा गर्दा अल्कोहलको प्रयोग नगर्न सुझाव दिएको छ ।

    ५. मेकअप रिमुभर

    कतिपय मानिस फोनको स्क्रिन सफा गर्न मेकअप रिमुभर पनि प्रयोग गर्छन् । तर यस्तो केमिकल इलेक्ट्रोनिक स्क्रिनका लागि खतरनाक हुन्छ । यस्ता मेकअप रिमुभरको प्रयोग गर्नको साटो सफा नरम कपडामा थोरै पानी राखेर स्क्रिन सफा गर्नु बुद्धिमानी हुन्छ ।

    ६. दबाबयुक्त हावा

    तपाईंको फोन एकदमै संवेदनशिल हुन्छ । यसकारण फोनको पोर्टहरुमा धेरै तीव्र गतिमा हावा छिर्न दिनु हुँदैन । यसले फोनमा क्षति पुर्‍याउँछ । विशेषगरी माइकमा क्षति पुग्ने जोखिम बढी हुन्छ ।यसकारण फोनको पोर्टहरु सफा गर्दा कहिल्यै मुखले साह्रो फुकेर सफा गर्नु पनि हुँदैन ।

    ७. भिनेगर

    फोन सफा गर्दा भिनेगरको कहिल्यै प्रयोग नगर्नुहोस् । यसले स्क्रिन कोटिङलाई केरिदिन्छ । फोनको अन्य भागहरु सफा गर्न पानीमा थोरै भिनेगर राखी सफा गर्न सक्नुहुन्छ । एन्ड्रोइड सेन्ट्रलका अनुसार फोनको पछाडि र किनारा सफा गर्न बाफको पानी र भिनेगर आधा-आधा राखेर प्रयोग गर्न सक्नुहुन्छ ।

    फोनको स्क्रिनबाट फिंगरप्रिन्ट छापहरु यसरी हटाउनुस्

    तपाईंको छालाबाट लगातार चिल्लो पदार्थ उत्पन्न भइरहने हुँदा फोनको स्क्रिनमा औँलाका छापहरु बसिरहन्छन् । यस्तो अवस्थामा तपाईंका लागि स्क्रिन सफा गर्न सबैभन्दा सुरक्षित र प्रभावकारी उपाय भनेको स्क्रिनलाई माइक्रोफाइबर कपडाले पुछ्नु हो ।

    यसका लागि तपाईंले बाफको पानी प्रयोग गर्दा राम्रो हुन्छ । पानीमा माइक्रोफाइबर कपडालाई भिजाउनुहोस् र स्क्रिनमा विस्तारै पुछ्न थाल्नुहोस् । यसैगरी फोनको वरिपरी पनि पुछ्न सक्नुहुन्छ ।

    अड्किएर बसेको फोहोर यसरी हटाउनुहोस्

    तपाईंको फोनका ससाना छिद्रहरुमा बालुवा र ससाना टुक्राहरु अड्किएर बसेका हुन्छन् । यस्तो फोहोर फोनको जुनसुकै कुनामा पनि बसेको हुनसक्छ ।

    यस किसिमको फोहोरहरुलाई हटाउने सबैभन्दा राम्रो उपाय भनेको स्कच टेप हो । तपाईं यो टेपलाई स्पिकर, फोनको क्रिज र पोर्टहरु भित्र छिराउनुहोस् । टेपभित्र राखेपछि टेपसँगै यस्तो फोहोर टाँसिएर बाहिर आउँछ ।

    एकदमै साना पोर्टहरुमा यस्तो टेप छिराउन सकिँदैन । यस्तो अवस्थामा तपाईंले टूथपिक वा सानो क्रिभाइस टूल प्रयोग गर्नुहोस् ।

    काँचो मासुले छोएको फोनलाई के गर्ने त ?

    मासुको परिकार पकाउन मोबाइलबाट रेसिपि हेर्दैगर्दा काँचो मासुले तपाईंको फोनलाई छोयो भने तपाईं पक्कै पनि अल्कोहलले सफा गर्नुहुन्छ होला । तर यस्तो नगर्नुहोस् । यसले स्क्रिनमा भएको ओलियोफोबिक र हाइड्रोफोबिक कोटिङलाई केरिदिन्छ ।

    अल्कोहल र डिटरजेन्टले फोनको स्क्रिनलाई बिगार्छ । बरु यसको साटो ओसिलो माइक्रोफाइबर कपडा नै प्रयोग गर्नुहोस् । वा फोनसोप जस्ता यूभी लाइट किन्नुहोस् । यस्तो युभी लाइट कम्पनीले ९९.९९ प्रतिशत ब्याक्टेरिया र कीटाणु मार्ने दाबी गरेका छन् ।

    फोनमा मेकअप रिमुभर प्रयोग गर्नुहुँदैन । त्यसको साटो हुस क्लिनर प्रयोग गर्नुहोस् । कम्पनीका अनुसार यसमा अल्कोहल, क्लोरिन, एमोनिया वा फोसफेट केही पनि प्रयोग गर्नुहुँदैन । यसो गर्दा स्क्रिन कोटिङलाई क्षति पुर्‍याउन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता
  • खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन
  • क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप
  • तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    News

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    News

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    News

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑