• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बन्दाबन्दीका कारण खस्किएको निर्माण सामग्रीको बजार

  • वीरगंज संजाल
  • १४ मंसिर २०७७, आईतवार ०९:२३
  • ४१४१

    वीरगञ्ज । कोरोना महामारी र नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण खस्किएको निर्माण सामग्रीको बजार अझै उँभो लाग्न सकेको छैन । बन्दाबन्दी हटे पनि विकास निर्माणका कामले अझै स्वाभाविक गति नलिएकाले सिमेन्ट, डन्डीलगायत उत्पादनको मागमा सुधार नआएको उत्पादकहरूले बताएका छन् ।निर्माण सामग्री उत्पादनमा पछिल्लो समय ठूलो लगानी आएपछि आन्तरिक बजारमा प्रतिस्पर्धा तीव्र बढेको छ । उत्पादनको तुलनामा बजार नबढेपछि उत्पादकबीच मूल्यमा मात्र नभएर कसले बढी समयका लागि उधारो दिने भन्ने प्रतिस्पर्धा चलेको थियो ।

    मागको तुलनामा अधिक उत्पादनले बजार समस्याग्रस्त बनिरहेका बेला कोरोना महामारीले झन् समस्या थपिएको उत्पादकहरू बताउँछन् । अहिले उद्योगहरू पूर्ण क्षमतामा चल्ने हो भने मागको तुलनामा सिमेन्ट ३ गुणा र डन्डी दोब्बर उत्पादन हुने लगानीकर्ता बताउँछन् ।बन्दाबन्दी खुलेयता अन्य उत्पादनको बजारले गति समाते पनि निर्माण सामग्रीको माग नबढेको उनीहरूको भनाइ छ । उत्पादकहरूले दैनिक खर्च चलाउन पनि लागतभन्दा कम मूल्यमा उत्पादन बेच्न थालेका छन् । यो अवस्थामा चाँडै सुधार नआए निर्माण सामग्री उत्पादनमा भएको लगानी संकटमा पर्ने उद्योगी प्रदीपकुमार केडिया बताउँछन् । सरकारी लगानीका ठूला विकास आयोजनालाई गति दिएर बजार बढाउनुपर्ने माग केडियाको छ ।

    घट्यो सिमेन्टको मूल्य
    केही महीनायता सिमेन्टको मूल्य निरन्तर ओरालो लागेको छ । सिमेन्टको बजारमा उच्च प्रतिस्पर्धा भइरहेका बेला कारोना महामारीले अर्को समस्या थपेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले बताए । ‘बजारमा मागभन्दा अधिक आपूर्तिका कारण सिमेन्टको बजार यसै पनि शिथिल थियो । त्यहीँमाथि कोरोना महामारीले मन्दी थप्यो,’ ठाकुरले आर्थिक अभियानसँग भने, ‘बन्दाबन्दी खुले पनि निर्माणका कामले गति नसमातेकाले बजार खुम्चिएको छ ।’

    बजारमा माग नभएपछि उत्पादकले सिमेन्ट सस्तोमा बेच्न थालेका छन् । बन्दाबन्दीयता क्लिंकर र तयारी सिमेन्टको भाउ घटेको उत्पादकहरू बताउँछन् । क्लिंकरको मूल्यमा ३५ प्रतिशतसम्म कमी आएको उत्पादकले जानकारी दिए । तयारी सिमेन्टको मोल २० देखि २५ प्रतिशतसम्म खस्किएको छ ।
    कोरोना महामारी शुरू हुनुअघि प्रति मेटिकटन (मेट) १० हजार रुपैयाँमा विक्री हुने क्लिंकर अहिले ६ हजार ५ सय रुपैयाँमा विक्री भइरहेको उद्यमी बताउँछन् । बन्दाबन्दीअघि प्रतिबोरा ८५० पर्ने अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी)को मूल्य अहिले ६७० रुपैयाँमा झरेको ठाकुरले बताए ।

    पोर्टल्यान्ड पोजोलना सिमेन्ट (पीपीसी)को पनि मोल घटेको छ । बोराको ८ सय रुपैयाँसम्म पर्ने यो सिमेन्ट अहिले ५७० रुपैयाँमा विक्री भइरहेको उत्पादकहरू बताउँछन् ।स्वदेशमै भाउ सस्तिएपछि क्लिंकरको आयात करीब बन्दजस्तै भएको छ । अघिल्लो वर्षसम्म मुख्य आयातित वस्तुमा पर्ने सिमेन्ट अहिले यो सूचीबाट हटिसकेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले जानकारी दिए ।

    फलाम आयात आधा
    बजारबाट अपेक्षित माग नआएपछि डन्डी उद्योगले कच्चा पदार्थको आयात पनि घटाएका छन् । स्वदेशी बजारमा मागमा मन्दी आएकै बेला भारतमा फलामको भाउ बढेपछि उत्पादकले फलाम भित्र्याएका छैनन् । यहाँका उद्योगले अधिकांश कच्चा पदार्थ भारतबाट भित्र्याउँछन् ।

    बन्दाबन्दी खुलेलगत्तै चाडपर्व शुरू भएकाले बजार नबढेको अनुमान उद्यमी राजेश क्यालको छ । भर्खरै दशैंतिहार र छठजस्ता चाडपर्व सकिएकाले अब निर्माण सामग्रीको बजार बढ्ने उद्योगी क्यालको अपेक्षा छ । बजार बढेसँगै फलामको आयात पनि बढ्ने उनले बताए ।वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासमा फलाम आयात करीब आधामा झरेको छ । यो वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा बन्दरगाहबाट १ लाख ८५ हजार मेट फलाम भित्रिएको छ ।

    वर्ष २०७६/७७ को समीक्षा अवधिमा यो परिमाण ३ लाख ५९ हजार मेट थियो । वीरगञ्ज भन्सारबाट पनि फलामको आयात घटेको तथ्यांकले देखाउँछ । अघिल्लो वर्ष पहिलो ४ महीनामा ४८ हजार मेट एमएस बिलेट आएकोमा यो वर्षको त्यही अवधिमा ३४ हजार मेटमात्र भित्रिएको छ ।ओमप्रकाश खनाल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑