• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेरो आँखा अगाडि सिङ्गो नेकपा छ : प्रधानमन्त्री ओली

  • वीरगंज संजाल
  • १३ मंसिर २०७७, शनिबार २२:१५
  • २३८९

    बिरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उनले आफ्नो अगाडि सिङ्गो नेकपा रहेको बताउँदै भने, “मेरा  निम्ति नेकपाका सबै कमरेडहरु बराबर हुनुहुन्छ।”

    उनले पार्टीलाई गत भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहजावस्थामा फर्काएर एकतालाई झन् मजबुत बनाउनुपर्नेमा  जोड दिए। उनले आफूले  विचार, सङ्गठन, आचरण र आदर्शमा कुनै विचलन आउन नदिई पार्टीका सबै साथीलाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव र अध्यक्ष ओलीले आज पेश गरेको प्रस्तावमाथि छलफल गर्न यही मंङ्सिर १६ गते सचिवालय बैठक डाकिएको छ। नेकपाका केही नेताहरुले दुवै प्रस्ताव मिलाई एकल प्रस्ताव बनाउनुपर्ने माग पनि गर्दै आएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामथ्र्यसहितको पार्टी हस्तान्तरण गरेर मात्र अवकाश लिने आफ्नो इच्छा रहेको प्रस्तावमा उल्लेख गर्दै अब नयाँ पुस्तालाई पार्टी जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गर्न सबै सचिवालय सदस्यलाई आग्रह पनि गरे।

    अध्यक्ष ओलीले एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका कमिटीलाई महाधिवेशन-अधिवेशन आयोजना गर्ने मुख्य काममा लगाउनुपर्नै बताउँदै भने, “तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौँ। विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ।”

    “विगत साढे दुई वर्षमा हाम्रा सम्पूर्ण प्रयास सामाजिक– आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्ने दिशामा अभिमुख छन्। हामीले सामाजिक न्यायसहितको विकास र समृद्धिलाई आधारभूत मान्यता बनाएका छौँ,” उनले बैठकमा भने, “सामाजिक न्यायविनाको आर्थिक वृद्धिले मुठ्ठीभर सम्भ्रान्तहरुलाई मात्रै लाभान्वित गर्छ, तर आर्थिक वृद्धिविनाको वितरण मुलुकलाई झनै बढी आश्रित र खोक्रो बनाउने कुराको कारक बन्छ । तसर्थ यी दुईबीचको समुचित सन्तुलनमा जोड दिइएको छ। ”

    उनले राजनीति, अर्थतन्त्र, सामाजिक क्षेत्र, संस्कृति र समग्रमा समाजमा श्रमजीवी वर्गको वर्चस्व स्थापित गर्दै सामन्तवादका अवशेष उन्मूलन गर्दै लैजाने बताउँदै भन्नुभयो, “राष्ट्रिय पूँजीको विकास गर्दै जान्छौँ । मुलुकलाई सापेक्ष आत्मनिर्भरताको दिशामा अगाडि बढाउँछौं। तीव्र आर्थिक वृद्धि र न्यायोचित वितरणबीच सन्तुलन मिलाउँदै लोककल्याणकारी, सामाजिक न्याययुक्त र समाजवाद–उन्मुख आर्थिक सामाजिक प्रबन्ध बलियो बनाउँर्छौँ। हामी स्पष्ट छौँ– आज हामीले स्थापना गर्ने आर्थिक सामाजिक व्यवस्था समाजवाद–उन्मुख हो, समाजवादी होइन । त्यसैले समाजवाद–उन्मुख समाज व्यवस्थामा आजै समाजवादका लाभहरु खोज्नु सम्भव र उचित हुँदैन।”

    ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’
    उनले पार्टी र सरकारको विदेशी नीतिको मान्यता ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ रहेको स्पष्ट पारे। “कुनै विचारधारा, धर्म या संस्कृतिको सामिप्य या दूरीका आधारमा होइन, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर बाह्य सम्बन्ध सुदृढ गर्ने हाम्रो नीति हो”, उहाँले भन्नुभयो, “समाजवाद, लोकतन्त्र र मानवअधिकारप्रति हाम्रो निष्ठा अटल छ। तर हामी कुनै पनि रुपको सैन्य गठबन्धन, धु्रवीकरण र आग्रहको विपक्षमा छौँ । विनाकुनै बाह्य हस्तक्षेप आफ्ना मामलामा निर्णय गर्ने हरेक राष्ट्रको स्वतन्त्र सार्वभौम अधिकारको सम्मान गरिनु पर्छ भन्ने अडान राख्छौं। ”

    नाकाबन्दीको तहमा झरेको छिमेकी भारतसँगको सम्बन्ध नयाँ आर्थिक साझेदारीका स्तरमा उठेको उनको भनाइ थियो। भारतसंगको सहकार्य र समझदारीले उचाइ लिएको जनाउँदै  प्रधानमन्त्रीले उच्चस्तरमा द्विपक्षीय भ्रमणको आदानप्रदानको सघनता उल्लेखनीय रहेको बताए। उनले महाकालीवारिको सम्पूर्ण भूभागमा नेपालको स्वामित्व स्थापित हुने विश्वास  व्यक्त गर्दै चीनसँग ‘हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल’मार्फत नयाँ विकास साझेदारी निर्माण भएको जानकारी दिए।

    समृद्ध मुलुक हस्तान्तरण गरेर बिदा  हुने इच्छा 
    प्रधानमन्त्री ओलीले  सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने गरी सुदृढ गरेर समृद्धिको बाटामा अगाडि बढेको मुलुक नयाँ जनप्रतिनिधिलाई हस्तान्तरण गरेर बिदा हुने आफ्नो इच्छा रहेको बताए। “सबैलाई कम्युनिष्ट हुनुको गौरवबोध गर्ने, ठाडो शिर लगाएर रातो झण्डा बोकेर हिँड्ने अवस्था सिर्जना गर्ने इच्छा छ ”, उनले बैठकमा भने, “ मेरा लागि नेपाल राष्ट्र, नेपाली जनता, नेपालको विकास, नेपालीको सुखभन्दा माथि केही छैन। यी महान् कार्यहरु सम्पन्न गर्न प्रगतिशील आन्दोलन र हाम्रो दललाई सफल बनाउने मेरो अठोट छ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑