पर्सा | पर्साको ठोरी गाउँपालीकामा दुई बिघाहा क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती पर्सा प्रहरी द्वारा नष्ट मेघराज राय जीराभवानी मङ्सिर १३/ पर्साको ग्रामीण ठोरी गाउँपालीका वार्ड नम्बर ५ को आठघरे ठुलो बाग्मोर्चामा सानो बाग्मोर्चामा लगाएको अन्दाजी दुई बिघाहामा लगाएको अवैध गाँजाखेती आज पर्सा प्रहरीले नष्ट गरिएको छ ।
ठुलो बाग्मोर्चाको ओरिया खोला को डिल लगायतका स्थानमा लगाएको अवैध गाँजा प्रहरीले फाडेर नष्ट गरेको हो । ईलाका प्रहरी पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापा र ईलाका प्रहरी ठोरी प्रहरी निरीक्षक अशोक कुमार साहको संयुक्त टोलीले गाँजा फाडेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिनुभयो ।
दुई बिघामा लगाइएको करिब ५० हजार गाँजाको बोट नष्ट गरिएको छ । सो गाजा कसको हो भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।