बिरगंज । नेपाल भारत खुल्ला सिमा सम्बाद समुहको आयोजनामा सिमानाका खुलाउन बिरगंज भन्सारमा धर्ना कार्यक्रम सुरु गरेको छ । बिहान ९ बजेदेखि १० बजेसम्म १ घन्टा बिरगंजको भन्सारमा धर्ना कार्यक्रम गरेको जसपाका केन्द्रिय सदस्य मुन्नी श्रीवास्तवले वीरगंज संजाललाई जानकारी गराउनु भएको थियो ।
जबसम्म बिरगंज रक्सौलको मुख्य सिमा नाका खुल्दैन तब सम्म दैनिक १ घन्टा हाम्रो धर्ना जारी नै रहने समेत बताईन ।
धर्ना कार्यक्रममा करिमा बेगम , मुन्नी श्रीवास्तव , रम्भा मिश्र , कृष्णा पटेल , रामनरेश यादव , तबरेज आलम लगायतकाको सहभागिता रहेको थियो ।