बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको जगदम्बा स्टिलको फलमा गलाउने भट्टी पड्किदा ४ जना मजदुर घाइते भएका छन् ।शनिबार बिहान पौने एक बजे कारखानामा फलाम गलाउने भटि अचानक पडिकदा त्यहा कार्यरत ४ जना मजदुर घाइते भएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।
भट्ठीमा काम गर्ने भारत मोतिहारी जिल्ला बस्ने २६ वर्षिय नईमुदिन आलम, भारत शिवन ग्राम जिल्लाका ४८ बर्षीय जनक देब यादब, सर्लाहीको सकरौल गाउपालिका ६ बस्ने ४० बर्षका बिकिन्द्र यादब र बरहथवा नगरपालिका ५ बस्ने २८ बर्षका मुकेश साह घाइते भएको मिश्रले बताए ।
घाइते भएका मध्ये बिकिन्द्रको अवस्था गम्भीर रहेको तथा उनको नेसनल मेडिकल कलेज बिरगंजमा उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको छ ।
बाँकी तीन जनाको तराई अस्पताल सिमरा र वीरगञ्ज हेल्थकेयर हस्पिटल गण्डक बहुअरीमा उपचार भइरहेको छ । प्रहरी स्रोतका अनुसार उद्योगको फलाम गालाउने भट्टी पुरानो भएर उच्च तापक्रमको कारण विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।