वीरगन्ज । कृष्णा कुशवाहा । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं.५ प्रसौनीमा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी नेपालको समन्वय, अहमदिया संघ नेपाल र वडा कार्यालयको सहयोगमा भएको रक्तदान कार्यक्रमको उदघाटन अहमदिया संघ नेपालको अध्यक्ष मोइन अहमदले गर्नु भएको थियो ।
बिन्दबासिनी गाउँपालिका वडा नं ०५ का वडा अध्यक्ष सुकदेव राउत अहिरको सहभागितामा भएको आकस्मिक रक्तदान कार्यक्रममा ६ जना महिलासहित २७ जनाले रक्तदान गरेको अहमदिया संघ नेपाल पर्साका इन्चार्ज हासिम अहमदले बताउनुभयो ।
कोरोना महामारीको बेला रगतको अभावलाई मध्यनजर गरि आयोजना गरिएको रक्तदान कार्यक्रममा वडा नं.०५ का जनताले यस्तो बेलामा रक्तदान गरेकोमा कार्यक्रमको अध्यक्ष मोइन् अहमदले सबै वडावासीलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।