• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    उद्योग वाणिज्य महासंघको साधारणसभा : बन्दसत्रमा कसले के भने ?

  • वीरगंज संजाल
  • १२ मंसिर २०७७, शुक्रबार १५:५०
  • ४७३

    Shares

    वीरगन्ज  । नेपाल उद्योग वाणिज्य महासंघका उमेदवारहरुले आफूलाई निर्वाचित गराउन आग्रह गरेका छन् । साधारणसभाको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष एवं उपाध्यक्षका उमेदवारहरुले आ-आफ्नो एजेन्डा प्रस्तुत गर्दै मतदान गर्न आग्रह गरेका हुन् ।

    बन्दसत्रमा वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकालले आफ्नो टिम सन्तुलित रहेको बताए । भौगोलिक, व्यावसायिक हरेक हिसाबले आफ्नो टिम सन्तुलित एवं बलियो रहेको बताए । उनले उमेदवारको आफ्नै एजेन्डा हुनुपर्नेमा पनि जोड दिए । वरिष्ठ उपाध्यक्षका अर्का उमेदवार किशोर प्रधानलाई लक्षित गर्दै उनले अब आउने अध्यक्षको एजेन्डा नै आफ्नो एजेन्डा भन्नु व्यावसायिक नभएको बताए ।

    “वरिष्ठ उपाध्यक्ष भनेको अबको नेतृत्वपछि नेतृत्वमा जाने हो । त्यसैले आफू नेतृत्वमा जाँदा के काम गर्छु भन्ने एजेन्डा वरिष्ठ उपाध्यक्षको उमेदवारसँग हुनुपर्छ,” उनले भने । उनले सिनियर हुँदैमा नेतृत्व पाउनुपर्छ भन्ने पनि नरहेको बताए । भवानी राणा, शेखर गोल्छाको उदाहरण दिँदै उनले सिनियर हुँदैमा निर्वाचित गराउनुपर्ने र नेतृत्व पाउनुपर्छ भन्ने नहुने बताए ।

    अर्का वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधानले महासंघमा २८ वर्षदेखिको अनुभव रहेको भन्दै आफूलाई नेतृत्वमा लैजान आग्रह गरे । “महासंघमा नि:स्वार्थ रुपमा काम गर्न खोजेको छु । मेरो लगनशीलता र कामको अनुभवलाई हेरेर सहयोग गर्न आग्रह गर्दछु,” उनले भने ।

    महासंघलाई चन्द्र ढकालको पनि आवश्यकता रहेको भन्दै उनले अहिलेलाई आफूलाई छाडेर सहयोग गर्न पनि उनले आग्रह गरे । “मेरो भाइ चन्द्र ढकाल राम्रो मान्छे हो । उहाँको आवश्यकता महासंघलाई छ । मेरो २८ वर्षको अनुभव र योगदानलाई हेर्दै दाइलाई अगाडि बढाउन आग्रह गर्छु,” उनले भने ।

    जिल्ला नगरतर्फका उपाध्यक्षहरु गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगततर्फका उपाध्यक्षहरु अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ, एसोसिएटतर्फका उपाध्यक्षका उमेदवारहरु रामचन्द्र संघाई र सौरभ ज्योतिले आफ्नो कार्यकालमा गरिने कामका योजनाबारे जानकारी गराएका थिए ।

    जिल्लातर्फका उपाध्यक्षका उमेदवार तिवारीले आफूहरुले गरेको प्रतिबद्धता निर्वाचित भएको एक वर्षसम्म पनि आभाष हुने किसिमले काम नगरे पदमा नरहने बताए । उनले जिल्ला नगरको उपाध्यक्षमा जिल्लाबाटै निर्वाचित गरिनुपर्ने पनि बताए ।

    प्रधान र ढकालको उपाध्यक्षसहित कार्यसमिति सदस्यहरु पनि प्यानलनै छ । प्रधानको प्यानलबाट जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति छन् ।

    यसैगरी ढकालको प्यानलबाट जिल्ला नगरको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई छन् ।

    वरिष्ठ उपाध्यक्षसहितको नयाँ कार्यसमिति सदस्यका लागि भोलि शनिबार बिहान ८ बजेदेखि मतदान हुँदै छ । वार्षिक साधारणसभाको हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज – १४ माघ २०७७ बुधवार को राशिफल
  • बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्
  • विश्वास कसलाई मात्रै गर्नु र बरै
  • मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्

    उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण

    बारामा सवारी दुर्घटनाहुदा एकको मृत्यु, एक घाइते

    भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जमा विशेष समारोह सम्पन्न

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    समाचार
    News

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    News

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    News

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    News

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    News

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑