• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटमा आली काटेको निहुँमा एकको हत्या

  • वीरगंज संजाल
  • १० मंसिर २०७७, बुधबार २०:३४
  • २९२५

    रौतहट | खेतको आली काटेको निहुँमा विवाद हुँदा काठको चिर्पटले हानेर बुधबार एक जनाको हत्या भएको छ । हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । अन्य दुई फरार छन् ।गरुडा नगरपालिका–७ भिमडाबर गाउँमा बुधबार जग्गाको विषयलाई लिएर दुई पक्षबीच विवादपछि झडप हुँदा चिर्पटले हानेर ५० वर्षीय फतिंगा ठाकुरको हत्या भएको हो । भिमडाबरका रामअसय ठाकुरले गाउँकै ध्यानी ठाकुर लोहारको खेतको आली काटेको विषयलाई लिएर बिहान दुबै पक्षबीच विवाद भएको थियो । प्रहरीका अनुसार विवाद बढ्दै गएपछि आवेगमा आएका ध्यानी ठाकुर, नागेन्द्र ठाकुर र ज्ञानी ठाकुर समेतले चिरान काठले ५० वर्षीय फतिंगा ठाकुरको टाउकोमा प्रहार गरेका थिए । ध्यानी, नागेन्द्र र ज्ञानी तीनै जना दाजुभाइ हुन् । प्रहरीका अनुसार चिर्पटले लागेर फतिंगा भूइँमा ढलेका थिए ।

    इलाका प्रहरी गरुडाका डिएसपी रबी रावलले झडप र मानिस घाइते भएको खबर पाउनासाथ टोली पठाएका थिए । घटनास्थल पुगेर प्रहरीले घाइते फतिंगालाई उपचारका लागि गरुडास्थित सिटी अस्पताल ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी रावलले बताए । प्रहरीले कुटपिटमा संलग्नमध्ये ध्यानी ठाकुरलाई पक्राउ गरेको छ ।

    घट्नास्थलबाट भागेका ध्यानीलाई भिमडाबरस्थित परालको भुसभित्र लुकेको अवस्थामा पक्राउ गरिएको डिएसपी रावलले जनाए । ‘हत्यामा संलग्न अन्य फरारको खोजी भइरहेको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

    प्रहरीका अनुसार चिर्पट प्रहार गर्ने तीनै जना दाजुभाइले फतिंगाको जमिनलाई आफ्नो भएको दाबी गर्दै आएका थिए । जग्गा विवादले उग्ररुप लिएपछि दुवै पक्षबीच कुटाकुट भएको थियो । मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ ।

    जिल्लामा दुई दिनयता दुई जनाको हत्या भएको छ । बृन्दावन नगरपालिका ७ सखुवा धमौरा गाउँका विकास पासवानले मदिरा सेवन गरी गाउँकै ५० वर्षीय अमिरि पासवानको हत्या गरेका छन् । घटनापछि प्रहरीले विकास पासवान र विन्द पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहले बताए । ‘दुबैले मृतक अमिरीलाई गाली गलौजपछि कुटपिट गर्ने क्रममा धकेल्दा लडेर चोट लागेर मृत्यु भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘दुबैलाई पक्रेर सोधपुछ गरिरहका छौं । सत्यतथ्य चाँडै खुल्छ ।’

    सोमबार साँझ अत्यधिक मदिरा सेवन गरेका विकास घर फर्कने क्रममा बाटोमा भेट्टिएका अमिरीलाई गालीगलौज र कुटपिट गर्दै धकेलेर लडाएका थिए । भूइँमा लडेका अमिरीको टाउकोमा गम्भीर चोट लागेको थियो । गरुडास्थित सिटी अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । विवाद हुँदा नजिकै रहेका विन्द पासवानसमेत आएर कुटपिट गरेको विकासले प्रहरीसमक्ष बताएका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको टोलीले दुबैलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑