बिरगंज । झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ सेन्टर तत्काल हटाउनुपर्ने, बन्द रहेको नेपाल-भारतबीचको नाका खुलाउनु पर्ने माग गदैं बुधाबार झापाको मेचीनगरमा व्यवसायीहरुले मौन जुलुस प्रदर्शन गरेका छन्।
होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाले संयुक्तरुपमा आयोजना गरेको मौन जुलुसमा स्वतःस्फूतरुपमा व्यवसायीहरु सहभागी थिए।
काँकरभिट्टा बसपार्कबाट दिउँसो २ बजे व्यवसायी बन्दीमा, जनता मरे आर्थिक मन्दीमा, रोगले होइन भोकले मर्यौं, यात्रुहरुमा एकीकृत प्रणाली लागू गर, यात्रु आवगमनमा सहजीकरण गर, बन्द नाका खुला गर, नाकाबन्दी चाहिँदैन, होल्डिङ सेन्टरमा गाडी बुक गर्ने कार्य तत्काल बन्द गर जस्ता नारा लेखिएका प्लेकार्डसहितको जुलुसले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो।