वीरगंज । पछिल्लो समय कोराना रोगबाट जम्ममा एक जना संक्रमित रहेको देखिएको छ ।
पिसिआर प्रबिधि मार्फत मंगलबार भएको ६४ जनको स्वायबको नमुना परिक्षणको नतिजा अनुसार केवल एक जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिनु भयो ।
सङ्क्रमित हुनेहरूमा वीरगंज महानगरपालिका वडा नं. १०का एक जना पुरुष रहेका छन ।
यसै बिच, नारायणी अस्पतालको प्रयोगशालाले सोमबार पर्साका तीन जना, बाराका दुईजना र रौतहटका एक जना गरी ६ जना सङ्क्रमित थपिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले बताए ।
सङ्क्रमित हुनेहरूमा पर्साबाट वीरगंज महानगरपालिका, बहुदरमाई नगरपालिका र पटेर्वासुगौली गाउँपालिकाका एक र एक जना छन् ।