वीरगंज। नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
साहले महासंघको अधिवेशन स्थापित मान्यता र विधान विपरित हुन गैरहेको भन्दै रोक्न माग गर्दै रिट दायर गरेका छन् ।
साहले यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि अधिवेशन रोक्न माग गर्दै निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ नभएको भन्दै उनी सर्वोच्च अदालत गएका हुन् । अधिवेशनका उद्घाटन यही ११ गते हुँदैछ ।