वीरगंज | परम्परादेखि पाल्दै आएको स्थानीय जातका गाईको गोरसबाट क्यान्सरजस्ता भयानक रोग ठीक हुने तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएपछि नेपालमा गाईप्रतिको आकर्षण बढ्न थालेको छ ।
यसअघि स्थानीय गाईले कम दुध दिने भएकाले जर्सी गाई र भैँसी पाल्ने प्रचलन बढेको थियो । अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक अनुसन्धानले क्यान्सर, क्षयरोग र मलेरिया रोग गोरसबाट निको भएको प्रमाणित गरेको हो । शास्त्रमा भनिएको पनि छ “शास्नादि मत्वंगोत्वं ककुद् वत्वं गोत्वं” अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय गाई÷गोरुमा जुरो हुन्छ । स्थानीय गाई गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु कृत्रिम हुन् ।
स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्ने (अवशोषण) गर्ने काम गर्छ । यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ । सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएका शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लाग्नुभएका गोब्रती योगी सोमराजले बताउनुभयो ।
स्थानीय गाईको दूधमा ओमेगा तीन नामक तत्व पाइन्छ जसले स्मरण शक्ति बढाउने काम गर्दछ । त्यसैगरी गाईको दूधमा पाइने सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ जुन एन्टी क्यान्सर ड्रग हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ । यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पुर्याउँछ । इटालीमा प्रा जिई विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमता हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ । नपुंसकता, चिड्चिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, किड्नी फेल (मृगौला रोग) आदि रोग आधुनिक कृषि प्रणालीका उपज हुन् ।
“गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मलको प्रयोग गरेर गरिएको खेतीबाट यस्ता रोग लाग्ने अनाज उत्पादन नहुने तथ्य बैज्ञानिकरुपमा प्रमाणित भएपछि अहिले युरोप र अमेरिकाका सहरमा अग्र्यानिक खेती गर्ने क्रम बढ्न थालेको छ,” सोमराजले भन्नुभयो ।
ऋषिमुनिले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धानबाट प्रमाणित गर्न थालेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
“हाम्रा ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए, बीचमा अध्ययन र प्रचारप्रसारको कमीले गाईको महत्व ओझेलमा परेको थियो”, उहाँले भन्नुभयो “यस्ता गुणले युक्त पवित्र गाईको दान गर्नाले दान गर्ने मानिस पनि पवित्र हुने भएकाले हाम्रा धार्मिक कृत्यमा गोदानको विधि रहेको हो” । यसका विषयमा वैज्ञानिकले अहिलेमात्र अध्ययन अनुसन्धान सुरु गर्दैछन् ।
धर्तीका लागि गाईको गोबर अमृत मानिने भएकाले बृहत्रुपमा गाईको संरक्षण गरिसकेपछि सयौँ बिघा जमिनमा अग्र्यानिक खेती गर्न सकिन्छ ।
गाईको गहुँतबाट १४८ प्रकारका रोगहरु ठीक हुने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । गाईको घ्यूले बढेको कोलेस्ट्र्रेल ठीक गराउनुका साथै मुटुरोगमा समेत लाभदायक रहेको तथ्य प्रमाणित भएको छ ।
रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट प्रमाणित गर्नुभएको छ । सन् २०१२ मा अमेरिकन हर्ट एसोसिएसनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीहरुमा ३१ प्रतिशतले कमी आएको आफ्नो शोधपत्रमा उल्लेख गरेको छ । इन्टरनेशनल कार्डियोलोजी भारतका अध्यक्ष डा शान्तिलाल साहले भैंसीको दूधमा लोङ्चन फ्याट बढी हुने तथ्य प्रमाणित गर्नुभएको छ । जसले नशा जमेर अवरुद्ध हुँदा हृदयाघातको समस्या देखापर्छ । यसैले उहाँले गाईको दूध हृदय रोगीहरुका लागि वरदान सावित भएको अनुसन्धानबाट प्रमाणित गर्नुभएको छ ।
गाईको गहुँतमा अमेरिकाले शोध अनुसन्धान गरी पाँचवटा गोमूत्रबाट बन्ने औषधीको पेटेन्ट राइट लिएको गोव्रती सोमराज बताउनुहुन्छ । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधीको पेटेन्ट राइट लिएको छ ।
गाईको घ्यू पनि उत्तिकै औषधीय गुणले युक्त छ । गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फारमेलडी हाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पुर्याउँछ भने इथिलिन अक्साइड र फारमेलडी ग्यासले पर्यावरणमा नकारात्मक असर पुर्याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ ।
गोरखनाथ र पशुपतिनाथको देशमा गाई एउटा राष्ट्रिय धरोहरका रुपमा रहँदै आएको छ । धेरै गोवंश पालेकैले शिवजीलाई पशुका पति अर्थात् पशुपति भनिन्छ । यसैकारण शिवजीको वाहन नै साँढे (गोरु) भएको विश्वास गरिन्छ । धेरै गाईको रक्षा गरेकाले गोरक्षनाथबाट अपभ्रंश भई गोरखनाथ भएको हो । यही भूमिमा गाई गोठालाबाट द्रव्य शाह राष्ट्रनायक बनेको इतिहास छ । धेरै गाई पाल्ने गोपालबंशी राजाहरुले नेपालमा शासन चलाएको इतिहास छ । आधुनिक नेपालको गोरखा जिल्लाको नामाकरण पनि गोरखनाथ जन्मिएको र गाईको रक्षा गरेकैले हुन गएको हो । गोरक्षाबाट अपभ्रंश भई गोरखा शब्द बनेको हो ।
यसैले शास्त्रमा भनिएको पनि छ –
“यदा देवेषु वेदेषु गोषु विप्रेसु साधुषु । धर्म मयि च विद्वेष सवा आसु विनश्यति ।”
अर्थात्, जसले गाई, धर्म र ब्राह्मणमा विद्वेष गर्छ त्यो यो देशमा टिक्दैन । पशुपतिनाथ र गोरखनाथको तपस्याको अगाडि कोही टिक्न सक्दैन ।