वीरगंज | नेटफ्लिक्सको वेव सीरीज ‘दिल्ली क्राइम’ ४८ औँ इन्टरनेशनल एमी अवार्डमा ‘उत्कृष्ट ड्रामा सीरीज’ घोषित भएको छ। यससँगै दिल्ली क्राइम एमी अवार्ड जित्ने भारतको पहिलो वेव सीरीज बनेको छ।
दिल्ली क्राइमको निर्देशन रिची मेहताले गरेका हुन्। उक्त वेव सीरीज दिल्लीमा भएको निर्भया बलात्कार प्रकरणमा आधारित काल्पनिक कथा हो।
अवार्ड जितेसँगै निर्देशक मेहताले खुसी व्यक्त गरेका छन्। दिल्ली क्राइम सन् २०१९ मार्च २२ मा नेटफ्लिक्समा रिलिज भएको थियो। यस वेव सिरिजमा शेफाली शाह, रासिका दुगल, अदिल हसैन, राजेश तैलाङको मुख्य अभिनय रहेको छ।