• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या

  • वीरगंज संजाल
  • ९ मंसिर २०७७, मंगलवार ०९:२२
  • ४७५३

    धनुषा । धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए ।घटना मंसिर ३ गतेको भए पनि सोमबार साँझ मात्र बाहिर आएको छ ।पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।घटनामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् भने एकजना अझै फरार छन् ।

    कसरी भयो घटना ?

    पीडित युवतीले अनलाइनखबरलाई बताएअनुसार ३ कात्तिकको साँझ साथीका नातेदार राजेश महतोले फोन गरेर घर नजिकैको सडकमा बोलाएका थिए । महतोले बोलाएको ठाउँमा पुग्दा अरु एकजना पनि थिए ।युवतीले भनिन् ‘राजेशसहित दुईजनाले मुखमा रुमाल कोचेर बोल्न नदिई बर्दिवास लगे । त्यहाँ थप एकजना आए । र, तीनैजनाले पालैपालो करणी गरे ।’सामूहिक बलात्कारपछि तीनजनाको समूहले उनलाई मोटरसाइकलमा घर ल्याएका थिए । आफूले ‘तिमीहरुविरुद्व कानुनी उपचारमा जान्छु’ भनेपछि सडकमै रोकेर घाँटी थिचेर मार्ने प्रयास गरेको पीडित युवतीले बताएकी छन् ।

    ‘बर्दिवासमा हाम्रो राज चल्छ’ भन्दै उनीहरुले बाटोमै घाँटी थिचेर मार्ने प्रयास गरेको उनले बताइन् । ‘मेरै सल लिएर त्यसकै पासो बनाएर उनीहरुले मलाई एउटा रुखमा झुण्डयाए’ सलले बाँधेको दाग देखाउँदै उनले भनिन्, ‘झुण्डयाएर भागेको केहीबेरमै गाउँकै एकजनाले देखेपछि उद्धार गर्नुभयो र म बाँचें ।’राति ९ बजेतिर घर पुगेकी उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । उनका अनुसार बलात्कार र हत्या प्रयास गर्ने समूहले सुनको सिक्री, कानमा लगाएको सुनको गहना र मोबाइलसमेत लुटेको युवतीले बताएकी छन् ।

    दुईजना पक्राउ, तीन वटा मुद्दा दर्ता

    घटना सार्वजनिक भएलगत्तै प्रहरीले घटनामा संलग्न भएका दुई युवकलाई पक्राउ गरेको छ । फरार भएका एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।घटनामा संलग्न भएको आरोपमा २० वर्षीय शिवचन्द्र कृपाल महतो र सरोज महतो पक्राउ परेका छन् । दुबै मिथिला नगरपालिका २ का बासिन्दा हुन् । उनीहरुबिरुद्ध अपहरण तथा शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान उद्योग मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले बताए ।कार्कीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑