बीरगन्ज |बीरगन्जमा तस्कर प्रहरी बिच भडप भएको छ । भारतबाट अवैत्र रुपमा नेपाल भित्रयाउँन लागिएको कपडा प्रहरीले खोस्न खोज्दा महिला सहित तस्कर समूह र प्रहरी घम्साधम्ती भएको खबर छ ।
तस्करी र प्रहरी बिच भएको भडपमा परी प्रहरी तर्फबाट अस्थाई प्रहरी चौकी इनरवामा कार्यरत प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डे सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असई पाण्डेको नाकमा चोट लागेको प्रहरीले जनाएको छ ।
झडपमा संलग्न रहेको तथा प्रहरी माथी आक्रम गरेको आरोपमा प्रहरीले २२ वर्षीय मुन्ना भनिने एक युवक र ४० वर्षीया आइसा खातुनलाई पक्राउ गरेको छ । करिब साढे दुई बजेको समयमा भारततर्फबाट कपडा बोकेर आएका दुईजना महिलालाई नियन्त्रणमा लिन खोज्दा उनीहरुबीच भडप भएको बताइएको छ ।त्यसक्रममा चोट लागेपछि असई पाण्डेको नाकबाट रगत बग्न थाल्यो ।
असई पाण्डेले आफूलाई गोली लागेको भनेर माथिल्लो निकायमा जानकारी गराएका थिए । तस्करलाई रोक्न खोज्दा सीमा नजिकैको उखु बारीबाट एक राउण्ड गोली फायर भएको र आफूलाई त्यसको छर्रा लागेको असई पाण्डेको दाबी छ । बन्दुक भने तस्करले सिमापारी नै फालेको उनको भनाइ छ ।
गोली नै चलेको भन्ने खबर आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी गंगा पन्त, प्रहरी नायब निरीक्षक मनोजित कुँवर सहितको टोली थप प्रहरी लिएर इनर्वा प्रहरी चौकी पुगेका थिए ।
स्थानिय प्रत्यक्षदर्शीहरुका अनुसार प्रहरी र तस्कर समूह बिच नजराना लेनदेनको कुरा नमिल्दा भडप भएको हो । तर प्रहरीले आरोपको खण्डन गरेको घाइते असई पाण्डे तस्करी रोक्न खोज्दा तस्करहरु आक्रम गरेको वताएका छन् ।