बीरगन्ज । वीरगञ्ज महानगरपालिका वडा न. २१ लिपनीविर्तामा रहेको ब्रीटानिया नेपाल प्रा.लि लिपनी बिर्ता बिरगंजमा कार्यरत मजदुर आन्दोलित भएका छन् ।ब्यवस्थापन पक्षले ज्यादती गरेको भन्दै स्थायी मजदुर निस्कासन गरेपछि आन्दोलित मजदुरहरुले आज केहीबेर बिरगंज पथलैया सडकखण्ड अवरुद्ध गर्दै नाराबाजि गरेका थिए ।
अवरुद्ध रहेको सडकखढडलाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राजपुरीको नेतृत्वमा खटिएको टोलीले खुलाएको थियो । साथै बाटो अवरुद्ध गर्ने कारखानामा कार्यरत तीन जना मजदुर नेतालाई समेत पक्राउ गरिएको प्रहरी निरीक्षक पुरीले बताउनुभयो ।
यसैविच वडा न. २१ का वडाध्यक्ष हविव मिँयाले अबैध रुपमा मजदुर निस्कासन गरेकोमा दुःख व्यक्त गर्दै प्रहरी दमनको कडा भत्र्सना गर्नुभएको छ ।