• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आन्तरिक किचलोमा नेकपा, बढ्दै उत्तर र दक्षिणको सक्रियता

  • वीरगंज संजाल
  • ८ मंसिर २०७७, सोमबार १५:०४
  • २८२१

    वीरगन्ज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक किचलोमा छ। यही मेसोमा बाह्य शक्तिकेन्द्र को नेपालमा सक्रियता बढ्न थालेको छ। अबको सातामात्र मात्र चीन र भारतबाट नेपालमा कुटनीतिक भ्रमण हुँदैछ।

    यसै साता भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङ्गला नेपाल आउँदैछन्। सचिव स्तरीय संयन्त्रको बैठकका लागि नेपाल आउन लागेका उनी फर्केको दुई दिनपछि उत्तरी छिमेकी चीनबाट स्टेट काउन्सिलर वेइ फङह नेपाल आउँदै छन्।

    लि ख्छ्याङ नेतृत्वको चिनियाँ सरकारको पहिलो तहका स्टेट काउन्सिलर वेई नोभेम्बर २९ मा नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। त्यसको दुई दिन अगाडि भारतीय विदेशसचिव स्वदेश फर्किने छन्।

    पछिल्लो समय नेपाल भारतबीच सीमा विवाद चर्किँदै जाँदा भारतले परराष्ट्र सचिव स्तरीय बैठकलाई टार्दै आएको थियो। दुई देशबीच लामो समयसम्म चल्दै आएको सीमा विवाद समाधानका लागि परराष्ट्र मन्त्री तहको संयुक्त आयोगले कालापानी र सुस्ता लगायतका विवाद समाधानका लागि दुई देशका परराष्ट्र सचिवहरुलाई जिम्मेवारी दिएको थियो।

    २०१४ मा सचिवहरुले जिम्मेवारी पाए पनि समाधान हुन सकेको छैन।

    पछिल्लो समय नेपालले पटकपटक भारतलाई वार्ताका लागि आग्रह गरे पनि वास्ता गरेको थिएन। कोभिड-१९ को बहाना बनाउँदै आएको भारत पछिल्लो समय वार्ताका लागि तयार भएको छ।

    सीमा विवादका कारण भारतसँग झण्डै एक वर्षसम्म संवाद हुन सकेन। प्रधानमन्त्री केपी ओलीले आफू सम्बन्ध सुधार गर्न चाहेको र त्यसका लागि उच्च तहमा नै कुराकानी गर्न चाहेको सन्देश पठाएपछि मोदीले ‘र’ प्रमुख सामन्त कुमार गोयललाई नेपाल पठाए।

    ‘र’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेट गरेपछि उनको आलोचनासमेत भएको थियो। ओलीले भने आफूलाई दूत पठाउने भनेको र प्रमुख नै आउने विषयमा थाहा नभएको बताएका थिए। ‘र’ प्रमुखको नेपाल भ्रमणको विषयमा नेकपा भित्रै पनि असन्तुष्टि र आलोचना भएको थियो।

    तर, पनि उनको भ्रमणले दुई देशबीच टुटेको संवादको कडीलाई भने जोड्यो।

    सीमा विवादका विषयमा नेपाल चीनको इसारामा चलेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका भारतीय सेनाप्रमुख एमएम नरवणे नेपाल आए। उनको भ्रमणसँगै अड्किएको विदेश सचिवस्तरीय वार्ताका लागि बाटो सहज बनायो।

    भारतीय सेनापतिको भ्रमण एक वर्ष पहिला नै हुनुपर्ने थियो। त्यतिबेला सीमा विवादसँगै कोभिड-१९ को संक्रमणका कारण भ्रमण रोकिएको थियो।

    त्यस्तै, जनवरीमा भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रीङ्गला पनि यसअघि नै नेपाल भ्रमण आउनुपर्ने थियो। उनले बंगलादेशसहितका अन्य छिमेकी देशको भ्रमण गरिसकेका छन्। तर, नेपालमा उनी यो ११ महिनासम्म आएनन्।

    उनको भ्रमणलाई रोकेको थियो सीमा विवाद र कोभिड-१९ को संक्रमणले। उनी यही नोभेम्बर २६ मा नेपाल  नेपाल आउने छन्। र, २७ मा फर्किने छन्।

    चिनियाँ सक्रियता उस्तै

    नेपालमा भारतीय सक्रियतासँगै चिनियाँ सक्रियता पनि उस्तै बढ्दै गएको छ। चिनियाँ राजदूतले पूरै वर्ष आफ्नो सक्रियता बढाइन्। कोभिड-१९ माहामारीको नियन्त्रणको प्रयाससँगै सँगै सत्तारुढ दल नेकपाको आन्तरिक विवाद मिलाउन पनि उनको सक्रियता रह्यो। गत मंगलवारमात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी राजदूत होउले आज सोमवारमात्र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छिन्।

    त्यति मात्र होइन, अबको साता उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमण पनि हुने छ। यो उत्तरी छिमेकी चीनबाट २०२० मा हुन लागेको उच्चस्तरीय भ्रमण हो। चिनियाँ राष्ट्रपति सीले २०१९ को अक्टोबरमा नेपाल भ्रमण गरेका थिए। त्यसयताकै यो सबैभन्दा उच्चस्तरको भ्रमण हो।

    चिनियाँ रक्षामन्त्री वेइ नोभेम्बर २९ मा नेपाल आउने तयारी भइरहेको स्रोतले बतायो। नेपाल भ्रमणका क्रममा उनले दुई देशबीचको रक्षा साझेदारी, कोभिड-१९ विरुद्धको लडाइमा दुई देशबीचको साझेदारी र चिनियाँ सहयोगको विषयमा छलफल हुने छन्।

    त्यसका अलावा उनको भ्रमण चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्धको विषयमा पनि महत्त्वपूर्ण रहने छ।

    चिनियाँ स्टेट काउन्सिलको पहिलो तहका सदस्यका रुपमा रहेका उनी मार्च २०१८ मा स्टेट काउन्सिलरको पदमा छन्। उनी चिनियाँ राष्ट्रपति सि अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका पनि पहिलो तहका सदस्यसमेत हुन्।

    १९७२ मा चिनियाँ कम्युनिस्ट पार्टीमा जोडिएका उनी २००७ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट वैकल्पिक केन्द्र कमिटी सदस्य भएका उनी २०१२ देखि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए। त्यसयता उनी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यको रुपमा छन्।

    उनले भ्रमणका क्रममा नेकपाका नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। त्यसैको तयारीका लागि पनि चिनियाँ राजदूत होउले भेटघाटलाई तीब्र बनाएकी छिन्। एक दिने नेपाल भ्रमणका लागि आउन लागेका वेइले नेपालमा रहँदा नेपालका समकक्षी प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग द्वीपक्षीय छलफल गर्नुका साथै, राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम बनिरहेको परराष्ट्र स्रोतले जानकारी दियो।

    उनको नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनको विषयमा समेत छलफल हुने छ।

    त्यस्तै, नेपाली सेना प्रमुखले पनि उनीसँग शिष्टाचार भेट गर्ने छन्। त्यस्तै उनले केही राजनीतिक भेट हुनसक्ने परराष्ट्रका अधिकारी बताउँछन्। त्यो भेट नेकपाका नेताहरुसँग हुन सक्ने छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑