• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउनको असर : पाँच महिनामा ९५ सुत्केरीको मृत्यु

  • वीरगंज संजाल
  • ८ मंसिर २०७७, सोमबार १५:३०
  • २६३३

    वीरगन्ज । घटना १ – गत जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीको मृत्यु भयो। शिशुलाई जन्म दिएको ९ दिनपछि उनले ज्यान गुमाउनु पर्यो‍। उनको मृत्युको कारण थियो, कोरोना भाइरसको संक्रमण। ती सुत्केरी नै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ति समेत हुन्।

    घटना २ – डोल्पाको ठूलीभेरी नगरपालिका ६ दुरगाउँकी एक महिलाले समयमै उपचार नपाउँदा चैत्र ३० गते ज्यान गुमाइन्। यो बेला नेपालमा पहिलो पटक लकडाउन भएको २० दिन भएको थियो। शिशुको जन्मपछि अत्यधिक रक्तश्राव बढी भएर गम्भीर अवस्थामा पुगेकी उनले लकडाउनका कारण समयमै उपचार सेवा पाउन सकिनन्।

    घटना ३ – त्यसको करिब डेढ महिनापछि संखुवासभा खाँदबारी नगरपालिका ६ की एक ३२ वर्षीया सुत्केरीले पनि समयमै उपचार नपाउँदा जेठ १० गते ज्यान गुमाइन्। संखुवासभाबाट हेलिकप्टर मार्फत उद्दार गरी काठमाडौं ल्याइएपनि उनको ज्यान जोगिन सकेन। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटर खोज्दा खोज्दै उनको मृत्यु भएको थियो।

    नेपालमा माघ १० गते पहिलो कोरोना संक्रमित भेटिएको दुई महिनापछि चैत ११ गते लकडाउन गरिएको थियो। कोरोनाको नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन त गर्यो‍ तर त्यसको प्रभाव सुत्केरी तथा गर्भवतीमा पर्‍यो। परिणास्वरुप साविकको भन्दा उक्त अवधिमा ज्यान गुमाउने सुत्केरीको संख्यामा वृद्धि भयो। डोल्पा र संखुवासभाकी सुत्केरी पनि यसकै उदाहरण हुन्।

    पाँच महिनामा ९५ जना सुत्केरीको मृत्यु 
    गर्भास्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ। लकडाउनको समयमा बढेको मातृ मृत्युदुर चिन्ताजनक छ। उक्त अवधिमा भएको मातृ मृत्युदरको संख्या सामान्य छैन।

    करिब पाँच महिना भएको लकडाउनको अवधिमा ९५ जना सुत्केरीले ज्यान गुमाएका छन्। चैत देखि साउन महिनाको अवधिमा ९५ जना सुत्केरीको मृत्यु भएको परिवार कल्याण महाशाखाको तथ्यांक छ। जबकी गत वर्षको यही समयमा ज्यान गुमाउने सुत्केरीको संख्या ७६ थियो।

    असार महिनामा ज्यान गुमाउने सुत्केरीको संख्या धेरै छ। असारमा मात्रै २७ जना सुत्केरीको मृत्यु भएको छ, जबकी यो संख्या अघिल्लो वर्षको करिब दुई गुणा बढी हो। गत वर्षको तुलनामा यस वर्ष मातृ मृत्युदर बढेको सरकारी तथ्यांकले नै पुष्टि गर्छ।

    कुन महिनामा कति सुत्केरीको मृत्यु

    महिना मातृ मृत्युदरमहिना मातृ मृत्युदर
    चैत २०७५१२ जनाचैत २०७६२० जना
    वैशाख २०७६२० जनावैशाख २०७७१७ जना
    जेठ २०७६९ जनाजेठ २०७७११ जना
    असार २०७६१६ जनाअसार २०७७२७ जना
    साउन २०७६१९ जनासाउन २०७७२० जना
    जम्मा७६ जनाजम्मा९५ जना

    परिवार कल्याण महाशाखाको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा पुण्या पौडेलका अनुसार लकडाउनमा भएका सुत्केरीको मृत्युको प्रमुख कारण समयमै उपचार सेवा पाउन नसक्नु र अत्यधिक रक्तश्राव हो। यातायातको समस्या, समयमै स्वास्थ्य संस्था पुगेपनि सेवा पाउन नसक्दा सुत्केरीको मृत्यु भएको पाइएको उनले बताइन्।

    उनले भनिन्, ‘लकडाउनमा भएको मातृ मृत्युरको समीक्षा गर्दा अत्यधिक रक्तश्राव हुने र विभिन्न ढिलाई कारण भएको देखिन्छ। उपचार सेवा पाउनमा ढिलाई, निर्णय गर्नमा ढिलाई अनि यातायात सेवाको समस्या र समयमै स्वास्थ्य संस्थामा पुगेपनि विभिन्न कारण सेवा पाउन नसक्नु देखिन्छ।’

    लकडाउनमा बढेको मातृ मृत्युदरपछि महाशाखाले एउटा एक्सन प्लान समेत बनाएको थियो। उक्त प्लान अन्तर्गत तत्कालीन र दीर्घकालीन समयमा गर्नुपर्ने कामहरु उल्लेख भएको उनले बताइन्।

    धेरैजसो सुत्केरीको मृत्यु मेडिकल कलेजहरुमा हुने गरेको भन्दै जनकपुर प्रादेशिक अस्पताल, जनकपुर मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, कोशी अस्पताल, चितवन मेडिकल कलेज, सेती प्रादेशिक अस्पताल, कोहलपुर मेडिकल कलेज, भेरी अस्पतालमा अभिमुखिकरण तालिम दिएको महाशाखाले जनाएको छ।

    ती अस्पतालका स्वास्थ्यकर्मीहरुलाई उपचार सेवामा अस्पताल कहाँ चुके, अत्यधिक रक्तश्राव हुँदा के गर्ने लगायतका विषयमा अभिमुखिकरण गरिएको उनले बताइन्।

    सरकारले कोरोना महामारी तथा लकडाउनमा सुत्केरीका लागि विशेष व्यवस्था गर्न नसक्दा नै मातृ मृत्युदर बढेको जनस्वास्थ्य विज्ञहरु बताउँछन्।

    जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेती भन्छिन्, ‘लकडाउनमा सरकारले विशेष किमिसको व्यवस्था गर्नुपथ्र्यो। तर त्यसो भएन।’

    लकडाउनमा मृत्यु भएका धेरैजसो सुत्केरीले समयमै उपचार सेवा पाए उनीहरुलाई बचाउन सकिने डा उप्रेती बताउँछिन्। लकडाउन जस्तो विषम परिस्थितिमा सरकारले सुत्केरी र प्रजनन् स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उनी जोड दिन्छिन्।

    ‘धेरैले समयमै उपचार सेवा पाउन नसक्दा हुने जटिलताका कारण लकडाउनमा ज्यान गुमाएका छन्। सरकारले यस्तो विषयमा परिस्थितिमा सुत्केरी तथा गर्भवतीलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’ उनले भनिन्।

    लक्ष्य प्राप्तिमा चुनौती, उपलब्धि गुम्ने खतरा 
    नेपालमा मातृ मृत्युदर घटाउने विभिन्न प्रयास भएपनि घट्न सकेको छैन। असुरक्षित गर्भपतन, बालविवाह, कलिलो उमेरमा हुने गर्भधारण, सुत्केरी जटिलता लक्ष्य प्राप्तिमा ठुलो चुनौती हो। कोरोना महामारीका कारण मातृ मृत्युदर घटाउने लक्ष्य सरकारको लागि चुनौतीको पहाड बनेको छ।

    सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा प्रतिलाख २ सय ३९ सुत्केरीले ज्यान गुमाउने गरेका छन्। सन् १९९६ मा नेपालमा एक लाख जीवित शिशु जन्मँदा ५ सय ३९ जना सुत्केरीको मृत्यु हुन्थ्यो।

    दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा मातृ मृत्युदर प्रतिलाख ७० जनामा झार्ने लक्ष्य छ। बढ्दो मातृ मृत्युदर सरकारका लागि चिन्ता र चुनौती दुवैको विषय बनेको डा पौडेले बताउँछिन्।

    उनले भनिन्, ‘मातृ मृत्युदर बढ्दै जानु भएको सरकारको लागि चुनौतीको विषय हो। हामी मातृ मृत्युदर कसरी घटाउने भनेर अघि बढिरहेका छौं। यसरी मृत्युदर बढ्नु भनेको लक्ष्य प्राप्त गर्न गाह्रो देखिन्छ।’

    मातृ मृत्युदर घटाउन सरकारले गरेको प्रयास र उपलब्धि गुम्ने खतरा बढेको जनस्वास्थ्य विज्ञ डा उप्रेतीको भनाई छ।

    ‘मातृ मृत्युदर घटाउन सरकारले कति धेरै प्रयास गरेको थियो। तर त्यो प्रयास र उपलब्धि गुम्ने खतरा छ’ उनले भनिन्, ‘सन् २०३० सम्ममा मातृ मृत्युदर ७० मा झार्ने लक्ष्य पुरा हुँदैन।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑