वीरगंज | देशका विभिन्न क्षेत्रमा आगोलागीमा दुईको मृत्यु भएको छ भने लाखौंको क्षति भएको छ। रामेछाप, मन्थली नगरपालिका-७ भटौलीस्थित रण बहादुर रम्तेलको घरमा शनिबार दिउँसो आगलागी हुँदा आगलागीमा परी उनकै ५ वर्षीय नाती सुजन रम्तेलको घटनास्थलमै मृत्यु भएको छ। साथै आगलागीबाट घर पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यस्तै, नुवाकोट, शिवपुरी गाउँपालिका-४ बस्ने ४७ वर्षीय लोकबहादुर बुढाथोकीको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
त्यस्तै, रौतहट, बौधीमाई नगरपालिका-४ ईनारबारी बस्ने मोहन जैसवाल सहित ५ जनाको घरमा आइतबार बिहान आगलागी हुँदा आगलागीबाट ५ जनाको घर तथा गोठहरू समेत जलेर करिब १३ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।