• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोनाको लक्षण देखिँदैमा एन्टिबायोटिक, जडीबुुटीजन्य औषधि सेवन नगरौँ

  • वीरगंज संजाल
  • ७ मंसिर २०७७, आईतवार २१:४५
  • ३१०५

    वीरगंज | नेपालमा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण भएर होम आइसोलेसनमा बस्नेको सङ्ख्या २५ हजार ३ सय ४७ जना पुुगेको छ । उपत्यका लगायत देशभरका आइसोलेसन सेन्टरका बेड धेरैजसो खाली छन् । तर आइसोलेसन सेन्टर र अस्पतालमा लक्षणसहितका बिरामी नबसेर होम आइसोलेसनमा बस्नेको सङ्ख्या बढ्दै गएको छ । होम आइसोलेसनमा बस्ने लक्षणसहित र लक्षणविहीन सङ्क्रमितले चिकित्सकको सल्लाहबिना कोरोना निको हुने, नियन्त्रण हुने, अन्यलाई सङ्क्रमण नहुने नाममा एन्टिबायोटिक औषधि, विभिन्न प्रकारका जडीबुुटीहरु सेवन गर्ने गरेको पाइन्छ ।

    तर के यो अभ्यास जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित छ त ? वास्तवमा, होम आइसोलेसनमा बसेका लक्षण देखिएका र नदेखिएका सङ्क्रमितले कसरी सावधानी अपनाउने ? उनीहरुले औषधी लगायत खानेकुराहरु के खाने वा नखाने ? सङ्क्रमित कस्तो अवस्थामा अस्पताल पुुग्नुपर्छ ? यिनै विषयमा केन्द्रित रहेर टेकुुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलासँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको कुराकानी ।

    होम आइसोलेसनमा बसेका लक्षणसहितका वा लक्षणरहित कोरोना सङ्क्रमितले पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड के हुन् ?

    कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा बसेका लक्षणविहीन व्यक्ति पनि घरमा सकेसम्म छुट्टै कोठामा बस्नुपर्छ । छुट्टै शौचालयको प्रयोग गर्ने, अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, वृद्धवृद्धा तथा दीर्घरोगीको वरिपरि नजाने, पटक पटक साबुनपानीले हात धुने गर्नुपर्छ । साबुनपानीले हातधुन नमिलेको खण्डमा सेनिटाइजरको प्रयोग गर्न पनि सकिन्छ । लक्षणविहीन सङ्क्रमितले आफूलाई लक्षण देखिएको छ वा छैन भन्ने ख्याल गर्न जरुरी हुन्छ ।

    मधुमेह, मोटोपन, दम भएका ५० वर्षभन्दा माथिका व्यक्ति, शरीरको कुनै अङ्ग फेरेका व्यक्तिलाई लक्षण नदेखिए पनि घरका अन्य सदस्यले सावधानी अपनाएर नजिकबाट नियाल्नुपर्छ । वृद्धवृद्धा तथा दीर्घरोगीले गाह्रो भएको वा अक्सिजनको मात्रा कम भए नभएको बारेमा थाहा नपाउन सक्छन् । त्यसैले परिवारका अन्य सदस्यले त्यसबारे विशेष ख्याल गर्नुपर्छ । यी व्यक्तिको नजिक जाँदा अनिवार्य रुपमा मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्नुपर्छ ।

    होम आइसोलेसनमा बस्दा मनोविज्ञानलाई असर गर्ने समाचारलाई हेर्न बन्द गर्नुपर्छ । आफू कसरी सुरक्षित हुने र आफूबाट परिवारका अन्य सदस्यलाई सुरक्षित कसरी राख्ने भन्ने कुरामा लक्षणसहितका मात्रै हैन, लक्षणविहीन सङ्क्रमितले पनि ध्यान दिनुपर्छ । कोरोना सङ्क्रमितले होम आइसोलेसनमा बस्दा मनलाई शान्त बनाउन योगा, ध्यान, विभिन्न किसिमका प्राणयाम गर्नुपर्छ । घरका अन्य सदस्यले पनि यी कार्य गर्न प्रोत्साहन गर्नुपर्छ । इन्टरनेटकै माध्यमबाट साथीभाइ आफन्तजनसँग सम्पर्कमा रहिरहनुुपर्छ । जनस्वास्थ्यका मापदण्डको अनिवार्य रूपमा पालना लक्षणविहीन र लक्षणसहितका दुवै सङ्क्रमितले गर्नुपर्छ ।

    मधुमेह, मोटोपन, दम भएका ५० वर्षभन्दा माथिका व्यक्ति, शरीरको कुनै अङ्ग फेरेका व्यक्तिलाई लक्षण नदेखिए पनि घरका अन्य सदस्यले सावधानी अपनाएर नजिकबाट नियाल्नुपर्छ । वृद्धवृद्धा तथा दीर्घरोगीले गाह्रो भएको वा अक्सिजनको मात्रा कम भए नभएको बारेमा थाहा नपाउन सक्छन् । त्यसैले परिवारका अन्य सदस्यले त्यसबारे विशेष ख्याल गर्नुपर्छ । यी व्यक्तिको नजिक जाँदा अनिवार्य रुपमा मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्नुपर्छ ।

    अर्को महत्त्वपूर्ण कुरा भनेको घरमा गर्भवती महिला हुनुहुन्छ भने पहिला नै कहाँ सुत्केरी गराउने भन्ने कुरा निक्र्योल गर्नुपर्छ । सुत्केरी हुने महिलामा कोरोना सङ्क्रमणको लक्षण देखियो भने कुन अस्पताल जाने, अस्पताल कसरी जान सकिन्छ, कुन एम्बुलेन्सले छिटो सेवा दिन्छ भन्ने पहिला नै जानकारी राख्नुपर्छ । अस्पताल तथा स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर सहज उपलब्ध हुने गरी सुरक्षित गर्नुपर्छ । होम आइसोलेसनमा बस्ने लक्षणविहीन र लक्षण भएका बिरामीलाई पनि स्वास्थ्य समस्या सिर्जना हुन सक्ने भएकाले सबैले अस्पताल, सरकारका हटलाइन, एम्बुलेन्स लगायतका फोन नम्बर थाहा पाउनु जरुरी हुन्छ ।

    होम आइसोलेनमा बसेका सङ्क्रमितले यी खाने कुरा खाएर सङ्क्रमणविरुद्ध लड्न सकिन्छ भन्ने अहिलेसम्म प्रमाणित भएको छैन । त्यसैले घरमा खाने नियमित खानेकुरालाई रुटिन बनाएर खाने, प्रत्येक खानामा ताजा हरियो सागसब्जीमा बढी जोड दिनुपर्छ भने ताजा माछा, मासु, अण्डा सेवन पनि जोड दिनुपर्छ । त्यस्तै फलफूल तथा दूध, दही, गेडागुुडी दैनिक रूपमा मिलाएर खानुपर्छ । हामीले दैनिक रूपमा खानेकुरालाई स्वास्थ, सफा तरिकाले मिलाएर खाने गर्नाले रोग प्रतिरोधात्मक क्षमता अवश्य बढ्छ ।

    होम आइसोलेसनमा बस्ने सङ्क्रमितले चिकित्सकको सल्लाहबिना औषधि वा भिटामिन कुन अवस्थामा आफै प्रयोग गर्न सक्छन् ?

    मुख्यतः होम आइसोलेसनमा बसेका लक्षणविहीन र लक्षणसहितका कुनै पनि सङ्क्रमितले चिकित्सकको सल्लाह बिना औषधि तथा भिटामिनको सेवन गर्नु हुँदैन । होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्य अवस्था गम्भीर, सामान्य, मध्यम भन्ने आधारमा मात्रै कुनै खास औषधि सेवन गर भन्न मिल्दैन । किनभने कोरोना उपचारका लागि औषधि पत्ता लागेको पनि छैन । होम आइसोलेसनमा बस्ने केही व्यक्तिले विशेषज्ञको सल्लाहबिना औषधि सेवन गर्दा स्वास्थ्य समस्या उल्टै बढ्न सक्छ । पछिल्लो समय होम आइसोलेसनमा बस्ने सङ्क्रमितले चिकित्सकको परार्मशबिना औषधि सेवन गर्ने गरेको समेत पाइएको छ । सामान्य ज्वारो छ भने सल्लाहबिना सिटामोल खान सकिन्छ । अन्यथा चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न मेरो सल्लाह छ । लक्षणको आधारमा मात्रै चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक औषधि सेवन नगरौँ ।

    अर्को कुरा लक्षण देखिएर वा नदेखिएर कोरोना भाइरस सङ्क्रमण भए नभएको पत्ता लगाउन पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आयो भने रोग लागेको ठानिन्छ । तर रुघाखाकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखियो र कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा रोग नै होइन जस्तो गरेको पाइन्छ । अस्पतालमा भर्ना भएका केही बिरामीमा सङ्क्रमण भएपछि निमोनियाले लागेर भर्ना भएका बिरामीको पहिला रिपोर्ट पोजेटिभ आउने, केही दिनपछि पीसीआर गर्दा कोरोना नेगेटिभ देखिए पनि निमोनिया भने निको भएको हुँदैन । लक्षण केही पनि छैन तर पीसीआर गर्दा पोजेटिभ आयो भनेर आत्तिने हाम्रो बानी छ । लक्षण केही पनि देखिएको छैन तर आत्तालिएर यो यो खानुपर्छ भनेर हल्लाको पछि लाग्नु हुँदैन । उचित परीक्षण र विशेषज्ञको सल्लाहबिना अनावश्यक रूपमा औषधिजन्य जडीबुुटी सेवन गर्दा पनि समस्या हुन सक्छ । लक्षणविहीन कोरोना सङ्क्रमितले आत्तिएर रेम्डेसिभिर औषधि खरिद गरेर केहीले राख्ने गरेको देखेको छुु । यो पनि गलत हो ।

    भिटामिन डी, जिङ्क जस्ता कुराले कोरानोविरुद्ध लड्न के फाइदा पुर्याउँछ ?

    भिटामिन डी, जिङ्क सेवन गर्दा शरीरलाई फाइदा हुन्छ । होम आइसोलेसनमा बस्नेहरुले पनि सेवन गर्दा हुन्छ । कोरोना भाइरस सङ्क्रमितलाई कुनकुन औषधि, भिटामिन सेवन गराउँदा स्वस्थ हुन्छन् भन्ने कुरा पत्ता लागेको छैन । त्यसैले यो यो भिटामिन सेवन गरेमा कोरोनाविरुद्ध लड्न फाइदा पु¥याउँछ भन्ने कुरा प्रमाणित भएको छैन ।

    कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा बस्नेले रोकथाम तथा नियन्त्रणका नाममा विभिन्न खाले जुडीबुटी सेवन गरेको पाइन्छ । कोरोना सङ्क्रमण रोकथाम जडीबुुटीजन्य औषधिले काम गर्छ भन्ने कुरा प्रमाणित भएको छैन । त्यसैले विशेषज्ञको सल्लाहबिना हल्लाका भरमा जडीबुुटीजन्य औषधि पनि सेवन नगर्न मेरो आग्रह छ ।

    होम आइसोलेसनमा बसेका सङ्क्रमितले के कस्ता खानेकुरा खान जरुरी हुन्छ, जसले गर्दा सङ्क्रमण विरुद्ध लड्न प्रतिरोधात्मक क्षमता बढाउँछ ?

    होम आइसोलेनमा बसेका सङ्क्रमितले यी खाने कुरा खाएर सङ्क्रमणविरुद्ध लड्न सकिन्छ भन्ने अहिलेसम्म प्रमाणित भएको छैन । त्यसैले घरमा खाने नियमित खानेकुरालाई रुटिन बनाएर खाने, प्रत्येक खानामा ताजा हरियो सागसब्जीमा बढी जोड दिनुपर्छ भने ताजा माछा, मासु, अण्डा सेवन पनि जोड दिनुपर्छ । त्यस्तै फलफूल तथा दूध, दही, गेडागुुडी दैनिक रूपमा मिलाएर खानुपर्छ । हामीले दैनिक रूपमा खानेकुरालाई स्वास्थ, सफा तरिकाले मिलाएर खाने गर्नाले रोग प्रतिरोधात्मक क्षमता अवश्य बढ्छ ।

    कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा परम्परागत मरमसला, जडीबुटीको प्रभावकारिता बारे बारम्बार कुरा उठ्ने गर्छ । त्यस्ता कुरा खान ठीक कि बेठीक ?

    कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा बस्नेले रोकथाम तथा नियन्त्रणका नाममा विभिन्न खाले जुडीबुटी सेवन गरेको पाइन्छ । कोरोना सङ्क्रमण रोकथाम जडीबुुटीजन्य औषधिले काम गर्छ भन्ने कुरा प्रमाणित भएको छैन । त्यसैले विशेषज्ञको सल्लाहबिना हल्लाका भरमा जडीबुुटीजन्य औषधि पनि सेवन नगर्न मेरो आग्रह छ । होम आइसोलेसनमा बस्ने र सङ्क्रमण नहोस् भनेर रोगसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउन भन्दै विभिन्न किसिमका जडीबुटी सेवन गर्ने गरेको पाइन्छ । तर कुन जडीबुुटी सेवन गर्दा कोरोना सङ्क्रमण हुनबाट जोगिइन्छ र कोरोना सङ्क्रमण भएपछि छिट्टै निको हुन्छ भन्ने कुनै आधार पनि प्रमाणित हुनसकेको छैन ।

    यी जडीबुटी वा औषधि सेवन गरेर कोरोना सङ्क्रमण हुनबाट बाँचिन्छ र नियन्त्रण हुुन्छ भनेर विश्व स्वास्थ्य सङ्गठनले भनेको भए पनि यी यी जडीबुुटी र औषधि सेवन गर्न भन्थ्यौँ । लक्षणविहीन सङ्क्रमितले दैनिक खानपानमा स्वास्थ खानेकुरा खाएर होम आइसोलेसनमा बस्नुु होस् । लक्षणसहितका सङ्क्रमितले लक्षणअनुसारका औषधि चिकित्सकको परामर्शमा मात्रै सेवन गर्नुहोस् । होम आइसोलेसनमा बस्नेहरुले बढी मात्रा जडीबुटीजन्य औषधि खाएर निको भएको वा सङ्क्रमण दर कम भएको र रोकथाम भएको अहिलेसम्म अनुसन्धानबाट प्रमाणित भएको छैन ।

    वृद्धवृद्धा र दीर्घरोगीहरुले आक्सिजन कमी भएको थाहा नपाउन सक्ने हुँदा घरका सदस्यले ध्यान राख्नुपर्छ । मधुमेह, मोटोपन, दमका ५० वर्षभन्दा माथिका व्यक्तिलाई लक्षण देखिएर गाह्रो भएको छ कि छैन भन्ने परिवारका अन्य सदस्यले ख्याल गर्नुपर्छ । होम आइसोलेसनमा बसेका युवाको अक्सिजन ९३ भन्दा तल र दमका बिरामीको अक्सिजन ८८ भन्दा कम भएमा चिकित्सकसँग सल्लाह गरेर तुरुन्तै अस्पताल लैजानुपर्छ ।

    कोरोना महामारी फैलनुुभन्दा अघि बुवाआमाले हामीलाई रुघाखोकी लाग्दा बेसारपानी सेवन गर्न दिनुुभएकै हो । हाम्रो भान्सामा पाइने ज्वानो, मेथी, मरिच, अदुवा, लसुन दैनिक रूपमा हामीले खाएकै छौँ । यर्थात्मा यो जुडीबुुटी सेवन गरेर कोरोना सङ्क्रमण हुनबाट जोगाउने र सङ्क्रमण भएपछि निको हुने भन्ने कुरा प्रमाणित भएको छैन ।

    होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई कस्तो अवस्थामा तुरुन्तै अस्पताल लैजान जरुरी हुन्छ ?

    होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई दुई तीन दिनमा एक दुई पटक मात्रै खोकी लाग्ने तर पछि ५ दिनबाट ज्वारो आउने, खोकी, गन्ध थाहा नपाउने हुन्छ । यी लक्षण देखिनेहरुले चिकित्सक सल्लाहमा औषधि सेवन गर्न सकिन्छ । तर औषधि सेवन गरेपछि पनि ज्वरो, खोकी, गन्ध थाहा नपाउने, बढी थकानको महसुुस हुने, सुत्ने बेलामा सकस हुुने गरेको खण्डमा नियोनिया भएको अनुमान लगाउन सकिन्छ । होम आइसोलेनमा बस्दा यी लक्षण तुलनात्मक रूपमा बढेको छ, छैन भन्ने कुरालाई ध्यान दिनुपर्छ । पछिल्लो समय होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमित ५ देखि ९ दिनभित्र लक्षण देखिएर अक्सिजनको कमी वा नियोनिया भएर धेरै बिरामी अस्पताल आइपुग्छन् । भनेपछि होम आइसोलेसन बस्दा ५ दिनपछि ज्वरो, खोकी, गन्ध थाहा नपाउने, शरीर गल्ने र सुत्दा गाह्रो भएको महसुस भएमा तुरुन्त सङ्क्रमित अस्पताल पुग्नुपर्छ । यस्तो अवस्थामा धेरैलाई ह्याप्पी हाइपोक्सेमिया भएको पाइन्छ । यो अवस्थामा पुगेको संक्रमितलाई बाहिरबाट हेर्दा श्वासप्रश्वासमा कुनै सकस नै नभएको जस्तो देखिन्छ । तर बिरामीको शरीरमा अक्सिजनको मात्रा न्यून भएर गएको हुन्छ । उता निमोनिया हुुन सक्छ । त्यसैले होम आइसोलेसनमा बस्ने सङ्क्रमितले बेलाबेलामा अक्सिजन नाप्नु पर्छ । होम आइसोलेसनमा बस्ने सबैजना युवा हुँदैन । त्यसैले वृद्धवृद्धा र दीर्घरोगीहरुले आक्सिजन कमी भएको थाहा नपाउन सक्ने हुँदा घरका सदस्यले ध्यान राख्नुपर्छ । मधुमेह, मोटोपन, दमका ५० वर्षभन्दा माथिका व्यक्तिलाई लक्षण देखिएर गाह्रो भएको छ कि छैन भन्ने परिवारका अन्य सदस्यले ख्याल गर्नुपर्छ । होम आइसोलेसनमा बसेका युवाको अक्सिजन ९३ भन्दा तल र दमका बिरामीको अक्सिजन ८८ भन्दा कम भएमा चिकित्सकसँग सल्लाह गरेर तुरुन्तै अस्पताल लैजानुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑