काठमाडौँ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९५७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७३३ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा १३१ जना गरी कुल ९५७ जनामा कोरोना संक्रमण देखिएके हो ।
यो संख्या आज देशभर देखिएको कुल संक्रमित सख्याको ५७ प्रतिशत हो । आज देशभर ८ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६६९ जनाको कोभिड १९ रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरी मन्त्रालयले पछिल्लो चौविस घण्टामा ५ हहजार ६९९ जना कोरोनाबाट निको भएको र १६ जनाको ज्यान गएको उल्लेख गरेको छ ।