• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बलात्कारका घटनामा मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद

  • वीरगंज संजाल
  • ७ मंसिर २०७७, आईतवार २१:४५
  • ३११७

    वीरगंज । बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गराउने कानुनी व्यवस्था गरिएको छ।मन्त्रिपरिषद्को आजको बैठकले यौनहिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। उक्त अध्यादेशमा बलात्कारका घटनामा मिलापत्र गर्न प्रोत्साहन गर्ने वा दबाब दिनेलाई उक्त कैद तथा जरिवानाको व्यवस्था गरिएको हो।

    “बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गर्न प्रोत्साहन गर्नेलाई कानुनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ,” कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाफाङ्फेले भनिन्, “मेलमिलाप गराएमा वा गर्न उत्साहित गरेमा वा दबाब दिएमा दण्ड सजाय गर्ने व्यवस्था गरेका छाैं। बलात्कारमा मिलापत्र गर्नेलाई ६ महिनादेखि तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गराउने कानुनी व्यवस्था छ, सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा थप ६ महिना कैद हुनेछ।”

    सरकारले स्वीकृत गरेको उक्त अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि कानुन बन्ने व्यवस्था छ। समाजमा हिंसा वृद्धि हुँदै गएको हुनाले तत्काल उक्त अध्यादेश ल्याउन परेको मन्त्री तुम्बाफाङ्फेको भनाइ थियो। “समाजमा दिनदिनै बलात्कारजस्ता गम्भीर प्रकृतिको हिंसा बढिरहेको छ, यस्ता घटनालाई न्यूनीकरण गर्नका लागि तत्काल अध्यादेशमार्फत यो कानुन ल्याइएको हो,” उनले भनिन्, “कानुनहरु समाजको आवश्यकता अनुसार बेलाबेलामा परिमार्जन गर्न सकिने व्यवस्था छ, सोही अनुसार परिमार्जन गरिएको हो।”

    “कैद सजाय बढाउँदैमा यस्ता घटना कम हुन्छ त भन्ने प्रश्न पनि छ। सजाय बढी हुने डरले पनि यस्ता घटनामा कमी हुने विश्वास लिएका छौँ।”

    अध्यादेशमा बलात्कारको सजाय बढाइएको छ। अब लागू हुने कानुनमा १४ वर्षदेखि १६ वर्षसम्मका व्यक्तिको बलात्कारमा १२ देखि १६ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ। यसअघिको कानुनमा १२ देखि १४ वर्षसम्म थियो। नयाँ कानुनमा दुई वर्ष बढी सजायको व्यवस्था गरिएको छ।

    अध्यादेशमा १६ देखि १८ वर्षको व्यक्तिको बलात्कारमा १० देखि १४ वर्षसम्म कैद सजाय हुनेछ। यसअघिको कानुनमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो। नयाँ कानुनमा यो उमेर समूहमा पनि दुई वर्ष सजाय बढाइएको छ। त्यस्तै, १८ वर्ष वा माथिका व्यक्तिको बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुनेछ। यसअघि यस्तो अपराधमा ७ देखि १० वर्षसम्म कैद हुने व्यवस्था थियो।

    “कैद सजाय बढाउँदैमा यस्ता घटना कम हुन्छ त भन्ने प्रश्न पनि छ,” मन्त्री तुम्बाफाङ्फेले भनिन्, “सजाय बढी हुने डरले पनि यस्ता घटनामा कमी हुने विश्वास लिएका छौँ।”

    बलात्कारका घटनामा ज्येष्ठ नागरिकलाई सजाय छुट नहुने

    अध्यादेशमा बलात्कारका घटनामा दोषी ठहर भएका ज्येष्ठ नागरिकलाई कैद छुट नगर्ने व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक ऐन-२०६३ मा बलात्कारका घटनामा ज्येष्ठ नागरिकलाई सजाय छुट दिने व्यवस्था थियो। तर अध्यादेशले त्यो व्यवस्थालाई हटाएको छ।

    “ज्येष्ठ नागरिकले बलात्कार गरेको पुष्टि भई दोषी ठहर भएको अवस्थामा पहिला कैद मिनाह गर्ने व्यवस्था थियो,” मन्त्री तुम्बाफाङ्फेले भनिन्, “अहिले बलात्कार गरेको घटनामा दोषी ठहर भएका ज्येष्ठ नागरिकलाई कैद मिनाहा नगर्ने र आजीवन कारावास गर्ने कानुनले व्यवस्था गरेको छ।” रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑