• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसरी लागुऔषध सेवनको कुलतमा फस्दैछन् बालबालिका

  • वीरगंज संजाल
  • ७ मंसिर २०७७, आईतवार ०८:३१
  • २८२१

    टीकापुर । विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ ।कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको बताउँछन् । “हाम्रो आसपासका विद्यालयमा हरेक वर्ष आठ÷दश बालबालिका लागुऔषधमा फसेकै कारण विद्यालय छोड्छन्”, शिक्षक चौधरी भन्छन्, “विद्यालय बन्द भएको आठ महिना भयो । विद्यार्थी फुर्सदिला भएका छन् । अझ गलत सङ्गतमा फस्ने जोखिम बढेको छ ।”

    नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडाँैको तथ्याङ्कमा पोहोर अर्थात् २०७६ सालमा १९ वर्षमुनिका लागुऔषध सेवनकर्ता २१ प्रतिशत छन् । विसं २०७६ मा सबै उमेरका नेपालभर एक लाख ३० हजार ४२४ लागुऔषध प्रयोगकर्ता रहेका छन् । तीमध्ये पुरुषको सङ्ख्या एक लाख २२ हजार छ भने महिला झण्डै नौ हजार छन् ।लागुऔषधका रूपमा गाँजा, अफिम, सुँघ्ने र उत्तेजना दिने पदार्थको प्रयोग हुने प्रहरीले जनाएको छ । सबैभन्दा बढी गाँजा र त्यसले बनेका लागू पदार्थको प्रयोग भइरहेको छ । साथीको दबाब, मनोरञ्जन, तनावजस्ता कारणले पनि लागुऔषध प्रयोगकर्ता बढेका लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंका प्रहरी उपरीक्षक कृष्णकुमार महत बताउँछन् ।

    “बालबालिका गलत सङ्गतका कारण बढी कुलतमा फसेको देखिन्छ”, उनी भन्छन्, ‘‘बालबालिकालाई जोगाउने बढी दायित्व अभिभावककै हुन्छ । किशोरावस्थाका नानीबाबुको आनीबानीको निगरानी आवश्यक छ ।”शिक्षा विकास तथा समन्वय एकाइ कैलालीको तथ्याङ्कमा विसं २०७४–७५ मा विद्यालय छोड्ने विद्यार्थी चार प्रतिशत छन् । यद्यपि लागुऔषधकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क एकाइसँग छैन ।

    बालबालिका तथा किशोरकिशोरीलाई कुलतबाट जोगाउन कैलालीको टीकापुर नगरपालिकाले वडामा चेतनामूलक कार्यक्रम र विद्यार्थीलाई प्रशिक्षण दिइरहेको वडा नं ७ का वडाध्यक्ष रामलाल डगौरा थारू बताउँछन् । “हामीले प्रहरीसँगको साझेदारीमा विद्यालय र बस्तीस्तरमा लागुऔषधका असरबारे जानकारी दिने गरिरहेका छौँ”, उनी भन्छन्, “कुलत सेवनको असर समाजमा हुने आपराधिक गतिविधिसँग समेत जोडिने भएकाले यसलाई रोक्न जिम्मेवार भएर लागेका छौँ तर लकडाउनपछि गाउँमै गएर कार्यक्रम गर्न सकिएको छैन ।”

    टीकापुर बहुमुखी क्याम्पसका मनोविज्ञान विषयका उपप्राध्यापक नाथुराम चौधरी लागुऔषध प्रयोग घटाउन सीमा नाकामा जाँच बढाउने, लागुऔषधको प्रयोगबाट हुने हानी नोक्सानीबारे चेतना फैलाउने, कानूनको कडा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । “बालबालिकालाई माया देखाएर सही बाटोमा हिँडाउन अभिभावकले समय दिनुपर्छ”, उपप्राध्यापक चौधरी भन्छन्, “बालबालिकाले अभिभावकको साथ नपाएर पनि बिग्रिएका भेटिन्छन्, सन्तानलाई सही बाटो देखाउन चुक्न हुँदैन, एउटा बच्चा बिग्रिए समाज बिग्रन्छ ।”

    कुलतले बालबालिकालाई शारीरिक, मानसिकरूपमा मात्र कमजोर नबनाएर पारिवारिक कलह पनि बढाउने गर्छ । यसरी गलत सङ्गत वा गलत बाटोमा लागेका बालबालिकालाई ‘रिह्याब सेन्टर’ अर्थात् पुनःस्थापना केन्द्रमा राख्न सकिन्छ । कैलालीको टीकापुरमा मात्र चारवटा पुनःस्थापना केन्द्र छन् । यसले पनि समाजमा लागुऔषध प्रयोग बढ्दो छ भन्ने देखाउँछ । टीकापुरका पुनःस्थापना केन्द्रमा विद्यालयमा पढ्ने उमेरका विद्यार्थी पनि छन् ।

    टीकापुरका एक अभिभावक समय दिन नपाउँदा आफ्नो छोरा कुलतमा फसेको बताउँछन् । “म दिनभरि ज्यालादारी काम गर्थेँ, १६ वर्षमै कुलतमा फस्यो, रातिराति घर आउँथ्यो, मैले सुधार्न सकिनँ”, उनले भने, “पछि चार महिना सुधार केन्द्रमा राखेँ, अहिले छोरा सुध्रिएको छ । मैले ज्यालादारी छाडेर आमाछोरा मिलेर नास्ता पसल खोलेका छौँ । छोराछोरी आमाबाबुको समय खोज्दा रहेछन् ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑