• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकामा कोरोना संक्रमित र मृतकको संख्या बढ्यो, क्यालिफोर्नियामा रात्रिकालीन निशेधाज्ञा

  • वीरगंज संजाल
  • ७ मंसिर २०७७, आईतवार १०:०१
  • २७५७

    वीरगंज | अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमित र मृतकको संख्या गएको अप्रिल–अगष्टको भन्दा बढी हुन थालेको छ। संक्रमण नियन्त्रणका लागि दोस्रो धेरै प्रभावित राज्य क्यालिफोर्नियाले शनिबारदेखि रात्रिकालीन निशेधाज्ञा जारी गरेको छ।गएको हप्ता क्यालिफोर्नियामा १० लाख संक्रमित भेटिएपछि टेक्सासपछि अमेरिकाको दोस्रो धेरै संक्रमित भएको राज्य भएको छ। संक्रमण नियन्त्रणका लागि त्यहाँ राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाइएको छ।

    यो प्रतिबन्ध कम्तीमा २१ डिसेम्बरसम्म जारी रहनेछ। त्यसपछि अवस्था हेरेर लम्ब्याउन सकिने त्यहाँका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। संक्रमण बढे क्रिसमसमा पनि निशेधाज्ञा लागू हुनेछ।क्यालिफोर्नियाका रेस्टुरेन्टलाई ‘होम डेलिभरी’ मात्र गर्न सक्ने आदेश छ। उक्त राज्यका ५८ मध्ये ४१ काउन्टी अति प्रभावित छन् र त्यहाँ ‘स्टे एट होम’ आदेश जारी छ। केही काउन्टीले कडा बन्दाबन्दीको आदेश जारी गर्नसक्ने जनाइएको छ।

    क्यालिफोर्नियामा गभर्नर गाभिन न्युसोमले रात्रिकालीन निशेधाज्ञा जारी गरेका हुन्। यसअघि न्यूयोर्कमा पनि रात्रिकालीन निशेधाज्ञा लगाइएको थियो।द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले सबै अमेरिकीलाई २६ नोभेम्बरको ‘थ्याङ्स गिभिङ डे’ को बिदामा लामो यात्रा नगर्न आग्रह गरेको छ। थ्याङ्स गिभिङ डे पर्ने हप्ता अमेरिकामा सबैभन्दा बढी यात्रा हुन्छ। गएको वर्षको थ्याङ्स गिभिङ डे परेको हप्ता त्यहाँका एयरपोर्टबाट दुई करोड ६० लाख जनाले यात्रा गरेका थिए।

    अहिलेसम्म अमेरिकामा जम्मा एक करोड २४ लाख ४० हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये दुई लाख ६१ हजार ७६० जनाको मृत्यु भइसकेको छ। क्यालिफोर्नियामा मात्र ११ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।गएको मे यता बिहीबार पहिलोपटक मृतकको संख्या दुई हजार नाघेको थियो। शुक्रबार एक हजार ९९८ र शनिबार एक हजार ४३० जनाको मृत्यु भएको छ।

    बिहीबार विश्वभरिमा ११ हजार २२ जना र शुक्रबार ११ हजार १३५ जनाको मृत्यु भएको छ। शनिबार भने आठ हजार ८६४ जनाको मृत्यु भएको छ। मार्च–अप्रिलको पहिलो लहरमा विश्वभर एकैदिन सबैभन्दा बढी १७ अप्रिलमा आठ हजार ५३४ जनाको मृत्यु भएको थियो। दोस्रो लहरमा दैनिक मृतकको संख्या औषतमा १० हजार नाघ्न थालेको छ।दोस्रो लहरमा सबैभन्दा बढी अमेरिका र युरोप प्रभावित छन्। अमेरिकाका टेक्सास र क्यालिफोर्नियामा संक्रमण उच्च गतिमा छ। धेरै राज्यले मास्क अनिवार्य लगाउनका लागि नयाँ नियम जारी गरेका छन् भने नयाँ प्रतिबन्धहरु प्नि लागू गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑