• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    जान्नुहोस्, अमेरिकी डलरसम्बन्धी केही रोचक तथ्य

  • वीरगंज संजाल
  • ७ मंसिर २०७७, आईतवार २०:०१
  • २५८१

    वीरगंज | विश्व बैंक एवं आइएमएफले सन् २०१९ मा विश्वको कुल उत्पादन ‘जिडब्लुपी’ ८ सय ८० खर्ब ८० अर्ब डलर हाराहारी पुग्ने अनुमान गरेको छ ।

    ‘जिडब्लुपी’को यो आँकडा विश्वका सबै देशहरूको ‘जिडिपी’को कुल योग हो । तर, विश्वको यति ठूलो अर्थ सञ्जाललाई विनिमय गर्ने मुद्राको आकडा भने निकै कम ८ प्रतिशत भौतिक मुद्राबाट सञ्चालित छ । विश्व अर्थतन्त्रमा प्रचलनमा रहेका मुद्रामध्ये ८ प्रतिशत मात्रै भौतिक रूपमा मुद्रित छन् । ९२ प्रतिशत मुद्राको अस्तित्व डिजिटल वा अन्य कुनै स्वरूपमा रहने गरेको छ । विश्व प्रतिदिन बढ्दो रूपले डिजिटिल प्रविधिमा प्रवेश गरिरहेको संकेत पनि हो यो । विश्वको सबैभन्दा वर्चस्वशाली मुद्रा अमेरिकी डलर हो । यससम्बन्धी केही तथ्य यस्ता छन् :अमेरिकी डलर नोट संख्यामा :अमेरिकाको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का अनुसार हाल कारोबारमा कुल १ हजार ७ सय अर्ब मूल्यका (अमेरिकी डलरमा) ४१ अर्ब ६० करोडवटा नोट प्रचलनमा छन् । जसमध्ये ११ अर्ब ५० करोडवटा सयदरका नोट पर्छन् ।

    डलरको आयु :सबैभन्दा कम औसत आयु भएको नोट १० डलर हो । यसको औसत आयु ४ दशमलव ५ वर्ष रहेको छ । सय डलरको नोटको आयु २२ दशमलव ९ वर्ष छ । नोटको आयु विनिमयको संख्या र मूल्यभार दुवैले निर्धारण गर्ने बताइन्छ । प्रकार :‘ब्युरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङ’का अनुसार अमेरिकी डलर सिक्का र नोट गरेर १८ प्रकारमा निष्कासन हुन्छ । अमेरिकामा अहिले १२ प्रकारका कागजी नोट प्रचलनमा छन् । सात प्रकारका नोट निरन्तर निष्कासन हुन्छन् भने अन्य नोट विशेष समयमा निष्कासन भएका हुन् । । पाँच प्रकारका ठूला नोटहरू, पाँच सय, एक हजार, पाँच हजार, दश हजार र एक लाख दरमा निष्कासन भएका छन् । एक लाख दरको नोटलाई ‘गोल्ड सर्टिफिकेट’ भनेर चिनिन्छ, जसको प्रचलन अहिले गैरकानुनी मानिन्छ । एक लाख डलरको नोट सन् १९३४ र १९३५ मा छापिएको थियो । केही संकलनकर्तासँग यस्ता नोट छन् । अन्य ४ प्रकारका ठूला नोटको प्रयोग भने वैधानिक नै छ ।

    १ डलर :एक डलर नोट र सिक्का दुवैमा निष्कासन हुन्छ । अमेरिका एक डलरको नोट निष्कासन चाँडै बन्द गर्ने तरखरमा छ । एक डलरको सिक्काको औसत आयु ४० र नोटको ६ दशमलव ६ वर्ष रहेको छ । सन् २०१८ बाट पहिलोपटक बजार प्रचलनमा सय डलरका नोटको संख्याले १ डलरको संख्यालाई उछिनेको छ । अहिले बजारमा सबैभन्दा बढी संख्यामा प्रचलनमा रहेको अमेरिकी नोट सय डलर बनेको छ । यो विश्वव्यापी रूपले कालो बजारमा वृद्धि भएको संकेत पनि हो । दोस्रो धेरै संख्या १ डलरको रहेको छ, तर यो नोट र सिक्का दुवैमा निष्कासित हुन्छ । नोटको तुलनामा सिक्का निकै बढी रहेको छ ।

    प्रतिदिन ९.७ टन मसी खपत :अमेरिकाको केन्द्रीय बैंकको आधिकारिक जानकारीअनुसार ‘ब्युरो अफ इनग्रेभिङ एन्ड प्रिन्टिङ’ले डलरको मुद्रणमा प्रतिदिन ९ दशमलव ७ टन अर्थात् ९ हजार ७ सय केजी मसी खपत गर्ने गर्छ । नोट तथा सिक्का मुद्रणका लागि ब्युरो अफ इनग्रेभिङ एन्ड प्रिन्टिङका दुईवटा सक्रिय ‘फ्यासिलिटी’हरू छन् । जसमा अमेरिकाले हरेक दिन डलर मुद्रण गर्ने गर्छ ।

    नोटमा ब्याक्टेरियाको संक्रमण:प्रचलनमा रहेका नोटहरूमध्ये ९४ प्रतिशत नोटमा ब्याक्टेरियाहरूको संक्रमण पाइएको छ । एउटा व्यक्तिको हातबाट अर्काेकोमा सरिरहने भएकाले ९४ प्रतिशत कागजी नोटमा ब्याक्टेरियाहरू पाइएका हुन् । एउटा अध्ययनमा, एक डलरको ८० वटा नोटमा मात्रै ३ हजार प्रकारका जीवाणुहरू देखाएका थिए । त्यसमध्ये केही ब्याक्टेरिया, कडा निमोनिया, फुड पोइजनिङलगायत संक्रमणको उच्च जोखिमपूर्ण ब्याक्टेरिया रहेको जनाइएको छ ।

    गैरकानुनी डलरमा मुसाको आक्रमण :कोलम्बियन लागुऔषध तस्करी पाब्लो इस्कोबारले लागुऔषध तस्कारीबाट जम्मा गरेको अथाह डलरमध्ये २ अर्ब १० करोडभन्दा बढी डलरलाई मुसाले आहार बनाएको थियो । उनले गोदाममा राखेको डलर मुसाले नष्ट गरिदिएको हो । पाब्लोको खजानाबाट मुसाले हरेक वर्ष १० प्रतिशत नोट ध्वस्त पारेको थियो । कालोबजार वा गैरकानुनी आयलाई डलरमा परिवर्तन गरी घर गोदाममा लुकाइछिपाई राख्ने प्रचलन बढेकाले पनि डलर यसरी नष्ट हुने गरेको हो । यसबाट अमेरिकालाई अप्रत्यक्ष नोक्सानी भइरहेको छ ।

    जुवाको राजस्व :अमेरिकाले फिल्म, खेलका दर्शक, थिम पार्क, क्रुज जहाज तथा गीत–संगीतको व्यापारबाट प्राप्त गर्ने समग्र राजस्वभन्दा जुवाबाट बढी राजस्व प्राप्त गर्ने गरेको छ ।

    फास्टफुड खर्च :अमेरिकी नागरिकले फास्टफुडमा प्रत्येक वर्ष १ सय १७ अर्ब डलर खर्चिने गरेका छन् । विभिन्न अनुसन्धानले अमेरिकीहरूले सन् २०१२ मा घरपालुवा जनावारमा मात्रै ५१ अर्ब डलर खर्चेको देखाएका छन् । त्यसैगरी, घरपालुवाको लत्ताकपडा ‘कस्ट्युम’मा ३१ करोड डलर खर्चिएका थिए । सन् २०१२ मा अमेरिकामा ९६ अर्ब डलरको बियर र ६५ अर्बको सोडा खपत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑