इन्डोनेसियामा एक व्यक्तिले जे सोचेका थिएनन्, त्यही भएको छ । उनको जीवनमा यसका कारण ठूलो परिवर्तन आउने भएको छ ।
उनको घरको छतमा आकाशबाट एउटा डुंगा खसेपछि यो सब भएका हो ।
जोसुआ हुतागलुंगा नामका यी व्यक्तिले आफ्नो छतमा खासमा एउटा उल्कापीण्ड पाएका रहेछन् ।
३३ वर्षका जोसुआले आफ्नो घरमा पाएको उल्कापिण्ड ४ अर्ब वर्ष पुरानो भएको बताइएको छ । त्यसैले उनले यो उल्कापिण्डका लागि १४ लाख पाउन्ड (१६ करोड रुपैयाँ) पाएका हुन् ।