एजेन्सी | इथियोपियाको पश्चिमी क्षेत्रमा यात्रुबाहक बसमा बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा ३४ जना मारिएका छन् ।राष्ट्रिय मानव अधिकारवादी समूहले दिएको जानकारी अनुसार इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू बढेका छन् ।
इथियोपियाली मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी हमलामा मारिनेको सङ्ख्या ३४ भेटिएको र अन्य कैयौँ मानिस घाइते भएका छन् । आक्रमण स्थानीय समयअनुसार शनिबार साँझ बेनिसाङ्गुल गुमुज क्षेत्रमा भएको थियो ।”