• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजी ल्याबले नक्कली रिपोर्ट बनाएको बारे छानबिन गर्न समिति गठन, २४ घण्टे म्याद

  • वीरगंज संजाल
  • ५ मंसिर २०७७, शुक्रबार ००:१२
  • ५२८५

    वीरगंज | ही निजी ल्याबहरुले आर्थिक प्रलोभन र चलखेलमा विदेश जानेहरूलाई कोरोना नेगेटिभ भएको नक्कली पीसीआर रिपोर्ट बनाएको विषयमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक समिति गठन गरेको छ ।
    मन्त्रालयको ‘स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्र’ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका डा मुकुन्दा शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ टोलीका तर्फबाट बलराम गौतम रहेका छन् ।
    समितिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले  कोभिड परीक्षणको नतिजाबारे उठाइएको प्रश्नबारे छानबिन गरेर २४ घण्टाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

    पर्यटन मन्त्रालयले निजी ल्याबहरुले स्वाब संकलन नै नगरी रिपोर्ट दिने गरेको, रिपोर्ट गोलमाल गर्नेलगायतका विषयमा छानबिन गर्न कात्तिक २८ गते नै स्वास्थ्य मन्त्रालयल र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको थियो ।

    मन्त्रालयका इलेक्ट्रोनिक्स इन्जिनियर नशिव आचार्यको हस्ताक्षरित पत्रमा विदेशमा हुने उडानमा यात्रुहरूको पीसीआर रिपोर्टमा एकपछि अर्को गर्दै प्रश्न उठेकाले गम्भीरतापूर्वक आवश्यक छानबिन गर्न अनुरोध गरिएको थियो ।

    ..यस्तो परिस्थित बारम्बार सिर्जना भएमा नेपालभित्र हुने गरेको कोभिड–१९ परीक्षणको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने, फलस्वरुप राष्ट्रिय छवि समेत धूमिल हुन सक्ने तथा नियमित उडानहरूमा समेत असर पर्न सक्ने हुनाले यसलाई न्यूनीकरण गर्नका लागि आवश्यक छानबिन तथा आवश्यक कारबाहीका लागि नेपाल एयरलाइन्सबाट प्राप्त भएका यात्रुहरुको विवरणसहितको पत्र यसै साथ संलग्न गरी तहाँ पठाइएको व्यहोरा नेपाल सरकार (सचिव स्तर) को मिति २०७७–७–२८ को निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको थियो ।

    विभिन्न प्रयोगशालाहरूले स्वाब कलेक्सन नै नगरी नक्कली रिपोर्ट दिने गरेको, स्वाब कलेक्सन पश्चात पनि रिपोर्ट म्यानिपुलेशन गरी पोजेटिभ दिने गरेको, स्वाब कलेक्सन पश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा त्यसो नगरेको जस्ता विषयमा गम्भीर छानबिन तथा आवश्यक कारबाही गर्न पर्यटन मन्त्रालयको अनुरोध गरेको छ । कोरोना नेगेटिभको नक्कली रिपोर्टकै कारण विदेश हुने परीक्षणमा यात्रुहरुमा कोरोना पोजेटिभ हुने गरेकाे छ |

    यसैबीच समितिमा रहेका बलराम गौतम डिकोड ल्याबका संचालक हुन् भने सो ल्याब समेत नक्कली रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोप लागेको छ ।

    उनी वीर अस्पतालमा ल्याब टेक्नेसिनमा करारमा कार्यरत कर्मचारी समेत रहेको मन्त्रालय निकट स्रोतले जनाएको छ । कोभिड सुरुवातसँगै उनलाई विज्ञ समूहमा संलग्न गराइएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑